भर्खरै

विद्युत प्राधिकरणको यस्तो सूचना, जहाँ बत्ती नै पुगेको छैन त्यहाँ विद्युत अवरुद्ध

  • प्रकाशित मिति : बिही, असोज २९, २०७७
  • - शिखर श्रेष्ठ
title
असोज २९ काठमाडौ ।  विभिन्न कारणवस विद्युत केही समय अवरुद्ध हुने प्राधिकरणको सूचना त धेरै नै पढ्दै आएका  थियौ तर असोज २७ गते प्राधिकरणले निकालेको एउटा यस्तो सुचना जहाँ प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नै नपुगेको वडामा ७ घण्टा विद्युत अवरुद्ध हुँदैछ । 
 
यो घटना हो बोगटान फुडसिल गाउँपालिका वडा न ७ को । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय सुदुरपश्चिम कार्यालय अत्तरिया डोटी वितरण केन्द्र, दिपायलले असोज २७ गते निकालेको सूचनामा राजपुर फिडरको पिपल्ला देखि वायल सम्मको ११ के.भि. प्रसारण तथा ०.४ के.भी वितरण लाईनको दायाँ बायाँका रुखका हाँगा कटानी गर्नुपर्ने भएकोले असोज २८ गते बुधबार ९ बजे देखि ५ बजे सम्म के.आई.सिंह गाउँपालिका १ देखि ६ र बोगटान गाउँपालिका ६ र ७ वडाहरुमा लाईन अवरुद्ध हुने भनिएको छ । जसमध्ये बोगटान गाउँपालिका ७ वडामा प्राधिकरणको राष्ट्रिय लाईन नै नपुगेको  वडा नं. ७ का वडा अध्यक्ष देव बहादुर बमले विद्युत संसारलाई बताए ।
 
वडा अध्यक्ष बमका अनुसार अरु वडामा विद्युत लाईन पुगेको र ७ नं. वडामा पनि केही वर्ष देखि विद्युत ल्याउन बिजुलीका पोलहरु गाडियो । तर सम्बन्धित निकायको ध्यान नपुग्दा बनाईएका पोलहरु पनि जिर्ण हँुदै आएको बताए । उनले भने “प्राधिकरणले हाम्रो वडामा कुन विद्युत अवरुद्ध गर्ने हो मलाई जानकारी भएन, हाम्रो गाउँमा टुुंडागाड लघु जलविद्युत मार्फत बत्ती बल्दै आएका छौ अब यो प्राधिकरणसँग कुनै सरोकारको विषय नै भएन ।”
 
सोही वडाका संचारकर्मी किरण धामीले बर्षौ देखि विद्युतलाई ल्याउन पोल गाडिएको छ , केही ठाउँमा तारहरु पनि विछ्याइएको छ तर सम्बन्धित निकायको ध्यान नपुग्दा काम सम्पन्न हुन नसकेको बताए । काम सुचारु हुन नसक्दा बनेका संरचनाको पनि बिग्रने अवस्थामा पुगेको उनको भनाई थियो । 
प्राधिकरणको सुचना हेर्नुहोस् । 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago