भर्खरै

काम नै सुरु नभएको आयोजनामा भ्रष्टाचार भयो भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शुक्र, असोज ३०, २०७७
  • - Admin
title
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नै सुरु नभएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भो भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन् । आज प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त आरोपको खण्डन गरेका हुन् ।
 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले जनता भड्काउने उद्देश्यले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिड्नु गलत भएको बताएका छन् । कामको कुनै टुङ्गोसमेत लागि नसकेको उक्त आयोजनामा शिर्ष नेताहरुलाई गम्भीर प्रकृतिको आरोप लगाउनु गलत भएको उनले बताए ।
 
सरकारविरुद्ध जनतालाई भड्काउनका लागि, जनतामा सरकारविरोधी मानसिकताको विकास गर्नका लागि यस्ता अभिव्यक्ति आएको भन्दै उनले आफू नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशिलतामा दृढ रहेको पनि बताए ।
 
प्रभानमन्त्री ओलीले जिम्मेवार व्यक्तिले गलत आरोपसहित गैरजिम्मेवार र तथ्यहीन आरोप लगाएर सामाजिक सद्भावमा खलल पार्ने काम गर्न नहुने बताए । कपोलकल्पित आरोप लगाउने, अनैतिक कार्य तथा कुचेष्टाहरुमा शिर्ष नेता नलाग्ने भन्दै उनले आरोपको खण्डन गरेका हुन् ।
 
यसअघि गृहजिल्ला गोरखामा भएको एउटा राजनीतिक कार्यक्रममा डा. भट्टराईले नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड तथा कांग्रेस सभापति शेर बहादुर देउवाले मिलेर ९ अर्ब रुपंैया खाएको र आयोजना अलपत्र पारेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago