भर्खरै

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे, यात्रुले सास्ती खेप्दै

  • प्रकाशित मिति : आईत, कार्तिक १६, २०७७
  • - रासस
title
कात्तिक १६, काठमाडौ । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई  सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलोका कारण सास्ती खेप्दै आएका छन् । 
 
ट्र्याक खोलेको २० वर्ष बितिसक्दा समेत कालोपत्र हुन नसक्दा  लोकमार्गको बिजोक भएको छ । बर्खामा पानीले गराएका खाल्टा खुल्टी समेत नपुर्दा हिउँदमा धुलोसँगै यात्रा गर्न कठिन भएको छ भने धुलोले लोकमार्ग क्षेत्रका स्थानीय समेतले सास्ती खेप्दै आएको बागलुङ नगरपालिका–३ खहरे निवासी  जङ्गबहादुर कार्कीले गुनासो गरे । “घर अगाडि राष्ट्रिय गौरवको आयोजनाको सडक हुँदा गर्व लाग्नुपर्ने हो”, उहाँले भने, “सडक आएको २० वर्ष नाघ्यो कालोपत्र हुने भनेको समेत १० वर्ष बित्न थाल्यो, बर्खामा हिलोले टेक्नै नमिल्ने हुन्छ, अहिले धुलो उठेर घर नदेखिने हुन्छ, कति समय सडकमा पानी छर्केर बस्ने हो ।”बर्सातका कारण सडक हिलाम्मे भइरहने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड हिलाम्य र अहिले धुलाम्मे हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् । 
 
समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । बर्सातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुवीरबहादुर क्षेत्रीले बताए ।
 
जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक ठेकेदारको चरम लापरर्बाहीका कारण कालोपत्र नहुँदा हिउँदको समय समेतमा सास्ती खेप्नु परेको हो । निर्माण सुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि सामान्य काम भए पनि तल्लो खण्डले तीव्रता पाउन सकेको छैन । 
 
पूर्व–पश्चिम जोड्ने पहाडी मार्गका रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । सो अवधिमा सम्पन्न नभएपछि ठेकेदारले पहुँचको भरमा पटक–पटक म्याद थप गर्दै आएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको भन्दै जनाउँदै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । 
 
बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टा बढी लाग्ने गरेको चालक सनबहादुर रोकाले बताए । “सडक जीर्ण र धुलाम्मे छ, बर्खामा परेका खाल्टा नपुर्दा सवारी गुडाउनै समस्या छ”, उहाँले भने, “बाटो कालोपत्र नहुँदा दैनिकजसो सवारी बिग्रने गर्दछ, यात्रुलाई भनेको समयमा पु¥याउनै सकिँदैन ।” बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्टा पर्ने र हिउँदमा पहिराले पारेको समस्या र खाल्टाखुल्टीका कारण सास्ती भएको हो । 
 
पटक–पटक आयोजना, ठेकेदारलाई ध्यानाकर्षण गर्दासमेत लोकमार्ग कालोपत्र हुन नसकेको सांसद डा सूर्य पाठकले बताए । “सडकदेखि सदनसम्म कुरा उठाउँदासमेत ठेकेदार नतात्नुको पछाडि केही होला”,उनले भने, “ठेकेदारलाई कालोसूचीमा राखेर तत्कालै अर्को टेन्डर गर्न आवश्यक छ ।” अलपत्र बनेको सदरमुकाम बाग्लुङ बजारदेखि बिहूँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्सन र बिहूँदेखि घोडाबाँधेसम्मको सडकको १२ किलोमिटर सडकको जिम्मा सूर्य कन्स्ट्रक्सनले लिएको छ । अहिले दुवै ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा छैनन् । ठेकदारलाई बोलाए काम गर्न नसक्नुको कारणका बारेमा स्पष्टीकरण लिने मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बाग्लुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago