भर्खरै

महाकाली करिडोर जोड्न सडक निर्माण गरिँदै

  • प्रकाशित मिति : बुध, कार्तिक १९, २०७७
  • - रासस
title
कात्तिक १९ काठमाडौ । भीमदत्त नगरपालिकाको गड्डाचौकीबाट ब्रह्मदेव महाकाली करिडोरलाई जोड्न सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । गड्डाचौकीबाट जिमुवा हुँदै तुमडानी भएर ब्रह्मदेव करिडोरसम्म सडक निर्माण गर्न लागिएको हो ।
 
करिडोर जोड्ने ११ किलोमिटर सडक निर्माणका लागि चालु आवमा रु तीन करोड ७० लाख बजेट विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालयले ठेक्का गरी सडक निर्माणको काम अघि बढाउन लागेको हो । सडकको गत वर्ष डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी सर्भे गरिएको थियो । स्थानीयवासीको सहमतिका आधारमा ब्रह्मदेवसम्म महाकाली करिडोर र दोधारा चाँदनीको सुक्खा बन्दरगाहसम्मको छ लेन सडकसम्म जोड्ने गरी १० मिटर चौडा सडक निर्माण हुने भएको छ ।
 
सडक डिभिजन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले स्थानीयवासीको सहमतिमा सडक निर्माणको काम अघि बढ्ने बताए । “सडक निर्माणका लागि लागत अनुमान तयार गरी अघि बढ्छाँै । अहिलेको बजेटबाट कतिसम्म हुन्छ, त्यसमै काम गर्छौँ”, डिभिजन प्रमुख कर्णले भने, “लागत तयारी गरी ठेक्का गरेर यस वर्ष सडकको ट्र्याक खोल्ने काम हुन्छ ।”
 
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सीमा क्षेत्रमा बस्दै आएका स्थानीयवासीको माग र आवश्यकताका आधारमा गड्डाचौकी सडक निर्माणलाई प्राथमिकता दिइएको बताए । “सीमा क्षेत्रमा बस्ने जनताको दुःखकष्ट छन् । गत वर्ष किनार भएर सडक लैजान खोजिएको थियो”, उनले भने, “बजेट पनि थियो, भारतले अवरोध गरेपछि काम हुन पाएन । यस वर्ष सडक बनाउन थालिएको छ, यसमा सबैको साथ र सहयोग हुने आशा छ ।”
 
दोधारा चाँदनीको सुक्खा बन्दरगाह र महाकाली करिडोरलाई जोड्ने गरी सडक निर्माण गरिने भएकाले पछि राष्ट्रिय राजमार्गको रूपमा विकास गरिने उनको भनाइ छ । महेन्द्रनगर–ब्रह्मदेव लिङ्करोडले ब्रह्मदेव जोडिएको छ, गड्डाचौकी भएर महेन्द्रनगर हुँदै ब्रह्मदेव पनि जान सकिने गरी त्यो सडक निर्माण हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago