भर्खरै

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाईले उब्जाएको आशंका

  • प्रकाशित मिति : बुध, कार्तिक १९, २०७७
  • - विद्युत संसार संवाददाता
title
कात्तिक काठमाडा्रै । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको टुङ्गो नलागेसम्मको लागि निमित्त कार्यकारीको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छन् ।
 
भदौ २८ गते कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिए सँगै कार्यकारी निर्देशकमा महिनौ बितिसक्दा समेत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन् ।प्राधिकरणमा सफल नेतृत्व गरेका घिसिङको पुनःनियुक्ति गर्नुपर्ने आमजनताको माग भईरहँदा सरकार भने मौन छ । घिसिङको पुनःनियुक्तीको मागलाई लिएर सामाजिक सञ्जाल देखि सडक आन्दोलन समेत नभएको होईन । नियुक्तिमा प्रधानमन्त्री ओली किन अनिच्छुक देखिएका होलान् ? कयौँ पटक भ्रष्टाचारको मुद्धामा मुछिएकालाई पनि नियुक्ति गर्न मिल्ने यो सरकारले कुलमान पुनःनियुक्ति गर्न किन 
नमिल्ने ? 
 
स्वदेशी तथा विदेशी नागरिकको लगानीयोग्य क्षेत्र मानिएपनि केही समय अघि विद्युत प्राधिकरणको अवस्था निकै कमजोर रहेको थियो । बिजुली किन्ने क्षमता प्राधिकरणसंग थिएन यतिमात्र होइन दिनमा १८ घण्टासम्म लोडसेडिङको मार जनताले खेपेका थिए ।
कुलमान घिसिङ प्राधिकरणको निर्देशकमा मात्र होइन नेपालकै लागि उज्यालो तारा बनेर उदाए । उनले दैनिक भएको १८—१९ घण्टे लोडसेडिङ्ग मात्र होइन करिब ९—१० अर्ब रुपैयाँ घाटामा रहेको संस्थालाई नाफामुखीसम्म बनाए । 
यतिसम्म हुँदा समेत कुलमानको पुनःनियुक्ति किन सम्भव नभएको होला ? उनीजस्ता एक कुशल व्यक्तित्वलाई देशले किन नचिनेको होला ? आफैले भोट दिएर जिताएका जनप्रतिनिधीको नामसमेत थाहा नहुने दुरदराजका मानिसहरु घिसिङलाई नचिन्ने विरलै भेटिन्छन् ।
 
अहिलेसम्म प्रधानमन्त्री केपी ओलीले कुलमानको पक्ष वा विपक्षमा सार्वजनिक रुपमा बोलेका छैनन् । तर, प्राधिकरण प्रमुखको नियुक्तिमा भएको ढिलाईले आशंकाहरु गर्नुपर्ने ठाउँ धेरै छन् । जसकारण घिसिङको पुनःनियुक्ति हुने कुनै आशा छैन् । 
 
कुलमान नियुक्ति होलान, नहोलान् त्यो आफ्नो ठाउंमा छ । जे भए पनि कुनै पनि व्यक्तिको नियुक्तिको लागि जनताले दवाव दिएको घटना भने नेपालको इतिहांसको लागि नै एउटा गतिलो नजिर बन्ने निश्चित छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे पदावधि गएको भदौ २८ गते आइतबार सकिएपछि सरकारी स्वामित्वको प्राधिकरण अहिले प्रमुख विहीन छ । 
 
कुलमानको पदावधि सकिनु भन्दा एक महिना पहिलेदेखि नै प्राधिकरणमा अबको कार्यकारी निर्देशकको हुने भन्ने चर्चा चुलिएको थियो । एकथरीले देशलाई लोडसेडिङबाट मुक्त गरेको भन्दै घिसिङलाई नै निरन्तरता दिनुपर्ने बताइरहेका थिए भने अर्काथरीले चाहिँ एउटै व्यक्तिलाई पुनःनियुक्ति दिन नहुने र अझ ठूलो जिम्मेवारी दिनु पर्ने टिप्पणी पनि गरेका थिए ।
यद्यपि प्राधिकरणमा आफ्नो चारवर्षे कार्यकालमा कुशल कार्ययोजनाले नै प्राधिकरण सँगै उनी आफुलाई एउटा उचाईमा पुर्याएको छ । 
सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन ।
 
यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु र चलखेल हेर्दा घिसिङ दोहोरिने सम्भावना न्युन रहेको जानकारहरु बताउँछन ।
 
कुलमान ले नै प्राधिकरणमा पुन एक कार्यकाल काम गर्न इच्छुक देखाउँदा समेत सरकार मौन हँुदा आम जनतामा निराशा सँगै ईतिहास बनेको लोडसेडिङ्ग फेरी फर्कने होकी भन्ने आशंका छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago