भर्खरै

विद्युतीय व्यवसायीलाई तिहारको आशा

  • प्रकाशित मिति : बुध, कार्तिक १९, २०७७
  • - विद्युत संसार संवाददाता
title
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नै धराशाही हुन पुगेको छ । नेपालको सन्दर्भमा पर्यटन व्यवसाय लगायत सम्पूर्ण व्यापार व्यवसायमा निरासा जनक उपलब्धी भयो । पटक पटकको लकडाउन र बन्दाबन्दीका कारण हरेक क्षेत्रमा प्रभाव परेको छ । जस अन्र्तगत विद्युतीय सामग्रीको व्यापारमा पनि मन्दी नै छायो । 
कोरोना कै कारण बन्दाबन्दीको अवस्था पछि बजारमा केही चहलपहल र आउँदै गरेको वडा दशैले पनि निरासा छाएको व्यवसायलाई केही मलम लगाउने आशा गरेका व्यवसायी दशै सकिए सँगै आशामा नै सीमित रहेर गयो । व्यवसायी आफ्नो सटर भाडा तिर्न समेत मुस्किल परेका बेलामा आएको नेपालीहरुको महान पर्वले केही आशा दिएपनि व्यापारले कुनै गति नलिएको व्यवसायी स्वयम बताउँदै आएका छन् । 
नेपालीहरुको दोस्रो ठुलो महान पर्व तिहारलाई अर्को अर्थमा  बत्तीको पर्व भनेर समेत चिनिन्छ । यसैले बिजुली सामग्री व्यवसायीहरुले एउटा आशा भने अझँै बाँकी नै राखेका छन् । केही समय देखि तिहारको समयमा घर तथा अफिसहरुमा विद्युतीय झिलिमिलि बत्तीको प्रयोग अत्याधिक हुन थालेको छ । जुन समयमा विद्युतीय व्यवसायले केही गति लिनेमा व्यवसायीको आशा रहेको छ । 
सरकारले नै चाडपर्वहरु घर भित्रै बसेर मनाउन भनिरहँदा अघिल्लो वर्षको पर्वहरुमा जस्तो यो वर्ष चहलपहल कम भएको कारण पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष विद्युतीय सामग्रीको व्यवसायी कम हुनेमा व्यवसायीले आँकलन गरेका छन् । 
जे होस् निरासाको मन्दीमा, तिहारले भने केही आशा जगाएकै छ । तर त्यसको परीक्षा भने हेर्ने बाँकी छ । महामारीले बिथोलेको व्यवसायलाई गति दिदै जान व्यवसायीहरुले नै तदारुक्ता देखाउन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago