भर्खरै

कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा परि ५ मजदुरको मृत्यु, २ घाईते

  • प्रकाशित मिति : बिही, कार्तिक २०, २०७७
  • - विद्युत संसार संवाददाता
title

२० कार्तिक, कावासोती । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरमा सुख्खा पहिरोमा परेर ५ मजदुरको मृत्यु भएका छन् भने २ मजदुर घाइते भएका छन् । निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालिगण्डकी करिडोर सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा पुरिएर मजदुरहरुको   मृत्यु भएको हो । 
 
 
मृत्यु हुनेमा  बुलिङ्टार ४ का २० वर्षीय गोपाल गरञ्जा, ४२ वर्षीय सुन बहादुर पुलामी, बर्ष २० का तारा बहादुर लुंगेली, २० वर्षकै चेत बहादुर अस्लामी र २९ वर्षीय तुल बहादुर सारुको पहिरोमा परेर मृत्यु भएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ । त्यस्तै घाईते हुनेमा बुलिङ्टार ४ कै १९ वर्षीय केवल सिंह लुंगेली र २१ वर्षका केवल सिंह लुंगेली रहेको प्रहरीले जनाएको छ ।
 
 
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै  बुलिङटार–४ काबासिन्दा हु न् । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली  र स्थानीयले बाहिर निकालेका थिए । घाईते रहेका दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago