भर्खरै

‘खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा’

  • प्रकाशित मिति : शनि, कार्तिक २२, २०७७
  • - रासस
title
कात्तिक २२ काठमाडौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार गठनपछि देशभर खेल पूर्वाधार निर्माणले तीव्रता पाएको बताएका छन् । 
 
पोखरा महानगरपालिका–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको आज उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास पूर्वाधार निर्माण विना सम्भव नरहेकाले सरकारको प्राथमिकता पूर्वाधार निर्माणमा केन्द्रित रहेको उनले स्पष्ट पारे । 
“पूर्वाधार निर्माणबाट मात्रै गाउँ गाउँमा खेलकूद गतिविधि बढेर नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्दछ”, मन्त्री विश्वकर्माले भने, “त्यसका लागि वर्तमान सरकारले खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ ।” 
गत वर्षदेखी एक स्थानीय तह एक खेलग्राम कार्यक्रम कार्यान्वयन शुरु गरिएकाले सबै तहमा स्थानीयस्तरको रङ्गशाला निर्माण गरिने उनले बताए।  गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले भलिबल कोर्टसहित बाम्दीमा पक्की कालोपत्रे सडक निर्माण शुरु भएकाले खेल गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
 
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले गत वर्ष सम्पन्न १३ औँ सागमा निर्माण गरिएका पूर्वाधारको भुक्तानी अझै बाँकी रहँदा समस्या भएको बताए । राष्ट्रिय खेलकूद परिषद्ले गत वर्ष उपलव्ध गराएको रु ५० लाख बजेटबाट भलिबल कोर्ट निर्माण गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष समेत रहनु भएका स्थानीयवासी भीम पराजुलीले बताए ।
 
सो मैदानका लागि स्थानीयवासीबाट रु पाँच लाख ८४ हजार बराबरको श्रमदान भएको बताइन्छ । वडा कार्यालयले भलिबल कोर्टसहित दर्शकका लागि प्यारापिट निर्माण गर्न जग्गा उपलव्ध गराएको सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिए । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गत वर्ष जिल्लामा विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago