भर्खरै

डिशहोमको अफर तिहारसम्म कायम

  • प्रकाशित मिति : शुक्र, कार्तिक २१, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
कार्तिक २१, काठमाण्डौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउण्ट अफर’ सञ्चालन गरिरहेको छ । उक्त अफरमा डिशहोमले वडा दसैंसँगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।
अफरमा डिलरदाई मार्फत फाण्ड पटान्फरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्र मा भाग लिने अवसर प्राप्त हुनेछ भने २ वर्षे रिचार्जमा साप्ताहिक लक्की ड्र मा डबल मौका प्राप्त हुने कम्पनीले जनाएको छ । जसमा हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक÷एक लाख नगद उपहार जित्न सक्ननेछन् ।
साप्ताहिक लक्की ड्र को बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकको डिशहोम सेट–टप बक्सको सीएएस आइडीको आधारमा हुनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सो केश च्यानल नम्बर १००, र रमाइलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण हुन्छ । अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया