भर्खरै

पाँचखालमा छ हजार पुराना पोल फेरियो, विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्ने योजना

  • प्रकाशित मिति : आईत, कार्तिक २३, २०७७
  • - रासस
title

कात्तिक २३ काठमाडौ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका क्षेत्रमा छ हजार जीर्ण विद्युतपोल फेरिएका छन् । नगर र नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रबीच गत वर्ष मङ्सिरमा काठका जीर्ण पोल हटाई विद्युत् लाइन सुधार गर्ने सम्झौता भएअनुसार विद्युतपोल फेरिएको जनाइएको छ ।
 
पाँचखाल नगर क्षेत्रका आठ हजार जीर्ण पोलमध्ये छ हजार विद्युतपोल फेरिएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार नगरसँग विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौता अनुसार हाल भित्री शाखा लाइन सहित छ हजार पुराना पोल फेरी स्टिल तथा सिमेन्टका विद्युतपोल फेरिएको हो । “पोल फेरी विद्युत् लाइनको स्तरोन्नति समेत गरिरहेका छौँ”, ढकालले भने ।
 
मुख्य लाइनका ३०० पुराना विद्युतपोल फरिएको केन्द्रले जनाएको छ । कुनै समय विद्युत् जडानका लागि हरिया रुख र बाँस गाडेर घरघरमा विद्युत् लाइन पुर्याइएकाले हाल जीर्ण भई दुर्घटनाको जोखिमका कारण स्टिल र सिमेन्टका पोल फरिएको नगरप्रमुख महेश खरेलले बताए । उनले भने, “पाँचखालमा विद्युत् लाइन स्तरोन्नतिसँगै विद्युत् सुविधाबाट वञ्चित परिवारलाई समेत लाइन विस्तार गर्दैछौँ ।” उनका अनुसार २०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ ।
 
केन्द्र अन्तर्गतका चार स्थानीय तहका ७५ प्रतिशत जीर्ण विद्युतपोल फेर्ने काम सकिएको जनाइएको छ । साथै पाँचखालमा केन्द्र स्थापनापछिको एक वर्षको अवधिमा चार स्थानीय तहमा विद्युत् चोरीमा संलग्न ४०० ग्राहकलाई कारवाही गरिएको छ । कारवाहीबाट रु १८ लाख जरिवाना असुल गरेको केन्द्र प्रमुख ढकालले बताए । उनका अनुसार ७५० को विद्युत् लाइन काटिएको तथा एक हजार ५०० नयाँ ग्राहक थपिएका छन् ।
 
ढकालका अनुसार हुकिङ गरी विद्युत् प्रयोग गर्ने र मिटर बाइपास गरेकाको विद्युतीय सामग्री जफत गरिएको थियो । जफत सामग्री लिन आउँदा कुन क्षमतामा विद्युत् अपचलन गरेको हो सोही अनुसार जरिवाना गरी पठाइने प्रावधान रहेको छ । राम्रो काम गरेकामा पाँचखाल केन्द्र रनेपालभरबाट उत्कृष्ट शाखाका रूपमा हालै सम्मानित समेत भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago