भर्खरै

हुकिङ हटाउन खटिएका कर्मचारीमाथि गाउँलेले गरे कुटपिट, गाउँमा विद्युत काटियो

  • प्रकाशित मिति : आईत, कार्तिक २३, २०७७
  • - जनार्जन खत्री
title
सर्लाही, कात्तिक २२ गते । सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएको कर्मचारी टोलीमाथि गाउँलेहरु आक्रमणमा उत्रिएका हुन् । प्रहरीसहित दुईवटा गाडीमा महिनाथपुर पुगेका कर्मचारीलाई विद्युत् चोरी गर्न लगाइएको हुकिङ हटाई विद्युतीय उपकरणहरु बरामद् गर्ने क्रममा गाउँलेहरुले घेरा हालेर आक्रमण गरेका वितरण केन्द्र प्रमुख जयानन्द झाले जानकारी दिनुभयो ।
गाउँले मिलेर गाडीमा ढुङ्गामुढा गर्न थालेपछि केही कर्मचारी आत्तिदै भागेका र दुई जनालाई प्रहरीले उद्धार गरेर ल्याएको वितरण केन्द्र प्रमुख झाले बताउनुभयो । “ढुङ्गामुढा भएपछि हाम्रो गाडी गाउँबाट भाग्नुपर्यो, त्यसक्रममा छुटेका दुई जना कर्मचारीलाई स्थानीय वासिन्दाले समातेर कुटपीट नै गरे, कार्यालय प्रमुख झाले भन्नुभयो, तत्कालै थप मद्धतमा प्रहरी पुगेर कर्मचारीलाई उद्धार गरी ज्यान बचाए । झाका अनुसार प्राधिकरणका एक दर्जन कर्मचारी र पाँच जना प्रहरी हुकिङ नियन्त्रणमा खटिएका बेला गाउँलेहरुबाट आक्रमण भएको हो ।”
कर्मचारीमाथि आक्रमणको घटनापछि प्राधिकरणले महिनाथपुर क्षेत्रमा बत्ती काटेको छ । “स्थानीय जनप्रतिनिधि आएर चुहावट नियन्त्रणमा सहयोग गर्ने र आगामी दिनमा कर्मचारीमाथि आक्रमण हुन नदिने सहमति नगरेसम्म बत्ती नछाडिने बरहथवा वितरण केन्द्रले जनाएको छ । दुईवटा ट्रान्सफर्मरबाट बत्ती वितरण हुने बस्तीमा बत्ती काटिएको हो ।
महिनाथपुरको वडा कार्यालयमा समेत विद्युत् चोरी गरिएको पाइएको छ । त्यहाँ वडाध्यक्ष समेतले आफ्नो वडा कार्यालयमा हुकिङ लगाएपछि बाँकी स्थानीयले पनि लगाउने भइहाले, वितरण केन्द्र प्रमुख झाले भन्नुभयो, अब स्थानीय आफैले चुहावट नियन्त्रणको काम गर्ने वा हामीलाई सहज रुपमा गर्न दिने सहमति नहुन्जेल लाईन जोड्दैनौँ ।” यो बारेमा सबै निकायमा जानकारी गराइएको झाले बताउनुभयो ।
महिनाथपुरमा ५० प्रतिशतभन्दा बढी विद्युत् चुहावट हुने गरेको बरहथवा वितरण केन्द्रले जनाएको छ । महिनाथपुरका वडाध्यक्ष चुनचुन यादवले चोरीकै बिजुलीबाट वडा कार्यालय सञ्चालन गरिएको स्वीकार गर्नुभएको छ । “अहिलेसम्म हुकिङ लगाएरै बत्ती तानिएको थियो, अब मिटर लिने प्रक्रियामा जान्छौँ, वडाध्यक्ष यादवले भन्नुभयो, स्थानीयहरु पनि मिटर जडान गर्ने प्रक्रियामा गइरहेका छन् ।”
बरहथवा वितरण केन्द्रले गत मङ्गलवारबाट सुरु गरेको हुकिङ हटाउने अभियान अन्तर्गत अहिलेसम्म विभिन्न ठाउँमा हुकिङ हटाउनुका साथै विद्युत् चोरी गर्ने २२ जनालाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ । त्यसमध्ये ११ जना महिनाथपुरका हुन् । यस्तै विद्युत् चोरी गरेर सञ्चालित मोटर, पङ्खा, फ्रिज लगायतका विद्युतीय उपकरण समेत बरामद् गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago