भर्खरै

१५ हजार घण्टाभन्दा कम आयु भएका एलइडी बल्ब बिक्रि वितरण गर्न रोक

  • प्रकाशित मिति : बुध, कार्तिक २६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, कात्तिक । अहिले नेपाली विद्युतीय बजारमा विभिन्न ब्राण्डका विद्युतीय एलइडी बल्बहरुको बिक्रि वितरण हुँदै आइरहेको छ । बिक्रि भइरहेकाहरु मध्ये केही गुणस्तरयुक्त छन् भने केही गुणस्तरविहिन छन् । गुणस्तरको मापदण्ड भन्दा कम आयु भएका बल्बहरुको बिक्रि वितरणमा नेपाल गुणस्तर तथा नापतौल विभागले रोक लगाउने भएको छ ।   
 
विभागले तोकेको एलइडी बल्बको आयु १५ हजार घण्टा छ । उद्योगमन्त्री लेखराज भट्टको अध्यक्षतामा बुधबार बसेको नेपाल गुणस्तर परिषद्को बैठकले १५ घण्टा भन्दा कम आयु भएका गुणस्तरहीन एलइडी बल्बको बढ्दो बिक्री वितरण रोक्न विभागले यो मापदण्ड तोकेको हो ।
 
जिएसएल चिमले भन्दा ‘बिजुली कम खपत गर्ने भएकाले अहिले एलइडी बल्बको प्रयोग बढ्दो क्रममा छ । तर बजारमा मापदण्ड भन्दा कम आयु भएका गुणस्तरहीन बल्बको बढी प्रयोग भइरहेको पाइएको छ । 
 नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार एलईडी बल्ब ‘न्यूनतम पनि दैनिक पाँच घण्टा प्रयोग हुँदा एउटा एलइडी बल्बको आयु आठ वर्ष हुनुपर्ने बताए । 
 
उनका अनुसार यो बाहेक बिजुली खपतको मापदण्ड, ‘आँखाको स्वास्थ्यका लागि आँखाको ज्योतीलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्ड समेत बनेको उनको भनाई छ ।
 
सेतो प्रकाश ८० प्रतिशत हुने किसिमले बल्ब निर्माण हुनुपर्छ ।  विभागको त्यो मापदण्ड अनुसारको नभएका एलइडी बल्ब बिक्री वितरणमा रोक लगाई ६ महिनाभित्र मापदण्डभित्र नपर्ने एलइडी बल्ब बिक्रीमा रोक लगाइने पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago