भर्खरै

कोरोना प्रभावकै बाबजुद विद्युतीय सामग्री आयात स्थिर

  • प्रकाशित मिति : बिही, कार्तिक २७, २०७७
  • - भीमलाल श्रेष्ठ
title
कात्तिक, काठमाडौ । कोरोना प्रभावकै कारण विश्वको अर्थतन्त्रमा नगन्य असर पर्यो । नेपालमा महामारीका कारण चैतको पहिलो साताबाट तीन महिना लामो बन्दाबन्दी भयो । बन्दाबन्दीको कारण विद्युतीय क्षेत्रका सामग्री आयात र बिक्रि वितरण एकदम न्यून छ । तथापि भन्सार विभागको तथ्याड्ढ हेर्ने हो भने गएको तीन महिनामा विद्युतीय सामग्रीहरुको आयातमा वृद्धि भएको पाईन्छ ।
 
भन्सार विभागको तथ्याड्ढ अनुसार वर्षेनी आयातमा वृद्धि भईरहेको अवस्थामा आ.व. ०७५/०७६ मा लगभग ९२ अर्बको सामग्री आयात भएको छ । आ.व. २०७६/०७७ मा कोरोना महामारीका कारण केही खुम्चिएर ८२ अर्ब बराबरको आयात हुन पुग्यो । तर आ.व. २०७७/०७८ साउन देखि असोजको तीन महिनामा २७, अर्ब २३ करोड बराबरको आयात भएको देखिन्छ । तथ्याड्ढ हेर्दा कोरोना महामारीका बाबजुद पनि यो आ.व मा विद्युतीय सामग्री आयातमा वृद्धि हुने अनुमान लगाउन सकिन्छ ।
नेपालमा आयातको तुलनामा निर्यात धेरै न्यून छ । गत आ.व. मा १६ करोड ४१ लाख बराबरको निर्यात भएको थियो भने यो आ.व.को तीन महिनामा एक करोड  २८ लाख बराबर विद्युतीय सामग्री मात्र निर्यात भएको देखिन्छ ।
तथ्याड्ढलाई आकलन गर्ने हो भने आयात दर बढ्दै जादाँ निर्यात भने घट्दै आएको छ । 
नेपालमा विद्युतीय सामग्रीको आयात वर्षेनी बढ्दै गएको भन्सार विभागका तथ्याड्ढ निर्देशक अनिल थापाले हामीसँगको कुराकानीमा बताए ।
 
 
 
 
नेपालमा विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि भए अनुसार आवश्यक विद्युतीय सामग्री उत्पादन हुन नसक्दा आयात बढ्दै गएको हो । 
 
नेपालमा लोडसेडिङ्ग अन्त्य सँगै विद्युतीय सामग्रीको प्रयोगगमा वृद्धि भएको छ । नेपालमा विभिन्न तेस्रो मुलुकबाट विद्युतीय सामग्रीहरु आयात हुने गरेको छ ।
 
विद्युतीय सामग्रीको आयात वर्षेनी बढ्दै जाँदा नेपालबाट अर्बाैं रुपैयाँ विदेशीने क्रम बढ्दो रहेको छ । 
नेपालमा हाल सम्म घरायसी वायरिङ्गमा प्रयोग हुने केबुल तार, ट्रान्सफर्मर, पीभीसि बोर्ड, स्वीच लगायत अन्य विद्युतीय सामानहरु नेपालमा नै उत्पादन भई आत्मनिर्भर छ  । तर नेपालको झन्झटिलो सार्वजनिक खरिद ऐन रहेकोले उत्पादनमा कमी भएकै कारण विदेशी सामानको आयात बढेको उद्योगीहरुको गुनासो छ । 
 
नेपालमा भारत, चीन लगायतका मुलुकबाट विद्युतीय सामग्री आयात हुँदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago