भर्खरै

विद्युत् खपत अवस्था र भविष्य

  • प्रकाशित मिति : शुक्र, कार्तिक २८, २०७७
  • - प्रदिप श्रेष्ठ
title

हामी कहाँ जलविद्युत विकासको सुरूआत सन् १९११ बाट भएको थियो । त्यस समयमा नेपालको पहिलो तथा एसियाको दोश्रो जलविद्युत आयोजनाका रुपमा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । तत्पश्चात नेपालमा धेरै आयोजना निर्माण भई विद्युत उत्पादन भइसकेको छ ।
नेपालमा विगत केही वर्षअघि सम्म विद्युत् उत्पादन एकमात्र मुद्दा हुने गथ्र्यो, अब भने उत्पादित विद्युत््को खपत पनि बहसको विषय बन्दै छ । नेपालीलाई विद्युत् धेरै भएर खपतमा समस्या आएको होइन । अहिले पनि नेपालमा विद्युत खपत क्षमता दक्षिण एसियाको तुलनामा सबैभन्दा कम छ । नेपालमा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत २६० युनिट हुने गरेको छ विभिन्न तथ्यङ्कले देखाउदछ । भारतमा एक हजार २००, भुटानमा दुई हजार ८९५, पाकिस्तानमा ९७१, श्रीलङ्कामा ४९४ र बङ्गलादेशमा ४०७ युनिट विद्युत् खपत रहेको छ । अहिले पनि आमनेपाली विद्युत भनेको बत्ती बाल्ने विकल्पमात्र सोच्ने अवस्थामा छन । 
विद्युत खपतमा विविधीकरण गर्न नसक्नुले एकातिर मुलुकको ठूलो वित्तीय अंश पेट्रोलियमको खरिदमा खर्चनुपरेको छ भने अर्कोतिर हिउँदमा अपुग हुने विद्युत बर्खामा धेरै भएर खेर जाने अवस्था देखिँदै छ ।
नेपालले हरेक क्षेत्रमा विद्युत् उपभोगमा विविधीकरण गर्न सक्छ । यसले उत्पादन भएका विद्युत खपतमा सहयोग गर्ने छ तर सामान्य इन्डक्सन ९विद्युतीय० चुलो उत्पादन नहुने नेपालमा विद्युत खपत निरासाजनक छ । जसकारण विद्युत उत्पादनबाटै देशको विकास सम्भव छैन । विद्युत  उत्पादनसँगै नेपालीका भान्साबाट ग्यास सिलिन्डर विस्थापित हुनुपर्छ ।
 त्यसका लागि विद्युतीय सामग्रीको उत्पादन र उपयोगमा ध्यान पुग्नुपर्छ । 
वर्तमान नेपालको प्राथमिकता पनि यही हो तर नेपालका लागि जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादनको नयाँ सम्भावना देखिएको दाबी गरिएको छ । 
विद्युत निकाल्न प्रयोग भएको पानीलाई खण्डीकरण गरी इलेक्ट्रोलाइजर प्रयोग गरेर पानीमा रहेको हाइड्रोजनको अंश छुट्ट्याएर सिलिन्डरमा भण्डारण गरेर हाइड्रोजन उत्पादन गर्न सकिनेछ । यो नेपालमा हाइड्रोजन उत्पादन ऊर्जा क्षेत्रको नयाँ र प्रभावकारी विकल्प बन्नसक्दछ । जसकारण थप अध्ययन, अनुसन्धान र सम्भाव्यताको खोजी आवश्यक छ । हाल नेपालमा गरिने ऊर्जा खपतमध्ये विद्युतीय ऊर्जाको खपत १३ प्रतिशत मात्र छ । 
सबैभन्दा धेरै पेट्रोलियमजन्य ऊर्जाको खपत करिब ६० प्रतिशत, कोइला २० प्रतिशत र बायोग्यास लगायत अन्यको खपत सात प्रतिशत छ । यस्तो अवस्थामा सुधार गर्न नेपालले विद्युतको खपत वृद्धिसँगै हाइड्रोजनको उत्पादन तथा उपभोगका बारेमा पनि गृहकार्य गर्न सके नेपालको विद्युत ब्यापारको भविष्य उज्जल देखिने थियो । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago