औषधि विभागले थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध लगायो

  • प्रकाशित मिति : शुक्र, मंसिर ५, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं । औषधि व्यवस्था विभागले पछिल्लो समय थप ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ । 
 
विभागले पछिल्लो समय बजारमा बिक्री वितरण भएको ह्यान्ड स्यानिटाइजरको अनुगमनका क्रममा नमुना संकलन गरी परिक्षण गर्दा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
 
औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर कम्पनीहरुमा सीता हर्बल सुनसरी, मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङ रहेका छन् । 
 
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
 
उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।
 
यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको थियो ।  

प्रतिक्रिया