भर्खरै

प्रदेश गौरवको राजमार्ग कालोपत्रे हुने, पहिलो चरणमा ११ किलोमिटर कालोपत्रे तयारी

  • प्रकाशित मिति : शुक्र, मंसिर ५, २०७७
  • - रासस
title
मंसिर काठमाडौ । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सडक कालोपत्रेको बिहीबार शिलान्यास गरे  । पहिलो चरणमा तनहुँको घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सिमानासम्म ११ किलोमिटर सडक कालोपत्रे तयारी गरिएको छ ।
 
भौतिक  मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार ७९३ का लागतमा उक्त मार्ग कालोपत्रे हुन लागेको हो । रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिए पनि हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ कम रकममा सडक कालापत्रेको ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
 
सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारी शुरु भएको र लकडाउनको असरका कारण काम शुरु हुन सकेको थिएन । निर्माण कम्पनीले उक्त मार्गमा सडक चौडाइ बनाउने काम शुरु गरिसकेको निर्माण कम्पनीका सञ्चालक हरि ढकालले जानकारी दिए । कुनै बाधा नभई बजेट विनियोजन भएका खण्डमा समयमै काम सम्पन्न गरिने ढकालले प्रतिबद्धता जनाए ।
 
घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरु भएर डेढगाउँको सिमानासम्मको खण्डमा सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिए । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडक खण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिने छ । उक्त सडकको चौडाइ सात मिटर रहने छ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रेका लागि यस वर्ष रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ । 
 
सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले तोकिएका समयमा गुणस्तरीय काम गर्न सरोकार पक्षलाई निर्देशन दिँदै कालोपत्रेका क्रममा आउने सक्ने विवाद समाधानका लागि गाउँपालिकाले सहजीकरण गर्नुपर्नेमा जोड दिए । 
 
विकास निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम अगाडि बढाएको बताउँदै मन्त्री गुरुङले भविष्यमा सो मार्ग राष्ट्रिय मार्गका रुपमा विकास हुने बताए । “भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो बाटो कालोपत्रे भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ”, मन्त्री गुरुङले भने । मानपुरदेखि डेढगाउँ, डेढगाउँदेखि कावासोती र कावासोतीदेखि त्रिवेणीसम्म जोडिने सो मार्गलाई क्रमशः कालोपत्रे गर्दै लैजाने सरकारको योजना रहेको बताइएको छ । 
 
भौतिकमन्त्री बस्नेतले पहिलो चरणमा तनहुँखण्ड र दोस्रो चरणमा नवलपुरखण्ड कालोपत्रे गरिने बताउँदै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सचेत गराए । 
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने भन्दै खुशी व्यक्त गरे । “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गका रुपमा यस सडक कालोपत्रे भएपछि विभिन्न जिल्लाका हजारौँ जनता लाभान्वित हुन्छन्”, उनले भने, “यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार हो ।”
 
बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले सडक कालोपत्रे भएपछि पोखरा र अन्यत्र जान सहज हुने भएकाले यस क्षेत्रका बासिन्दा खुशी रहेको बताए । भौतिक मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गरे । 
विसं २०५१ मा सामान्य मार्ग खुलेको थियो ।  स्थानीयवासी श्यामकुमार श्रेष्ठले भने, “यो मार्ग हुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धुलोको एकदमै समस्या छ, कालोपत्रे भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ,” उनले भने, “विगतमा नेताहरुले यस बाटोलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गरे, अहिले आएर बल्ल सपना साकार हुने क्रममा छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago