भर्खरै

विद्युत् चुहावट हुँदा शिवम् सिमेन्टमा आगलागी, ५० लाख रुपियाँ बराबरको क्षति

  • प्रकाशित मिति : आईत, मंसिर ७, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
मंसिर मकवानपुर । गत शनिवार विहान हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगको कारखानाको कोइला च्याम्बरमा आगलागी हुँदा ५० लाख रुपियाँको क्षति भएको छ ।
 
 विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा शनिबार बिहान आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
 
स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले समयमा नै आगलागी नियन्त्रणमा लिदाँ मानवीय र ठूलो धनजनको क्षति नभएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया