भर्खरै

तेस्रो अनलाइन ¥याली होपः विश्वनेता र नागरिकहरूद्वारा शान्तिका लागि आग्रह

  • प्रकाशित मिति : सोम, मंसिर ८, २०७७
  • - बिष्णु निश्चल
title

काठमाण्डौ, मंसिर । संयुक्त राष्ट्रसंघको महापरार्मशदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था युनिभर्सल पीस फेडेरेशन प्रवर्धनमा आयोजित तेस्रो श्रृङ्खला आईतबार सम्पन्न भएको छ । 
 
यूपीएफले राष्ट्रहरूबीचमा शान्तिको मार्गचित्र कोर्न आयोजित ¥याली होप कार्यक्रममा विभिन्न देशका २७० प्रसारण स्टेशनहरू र टिभी च्यानलहरूका साथमा १९४ मुलुकका २० करोड भन्दा बढी व्यक्तिहरूले अनलाइन सहभागिता जनाएका छन् ।
“शान्तिपूर्ण एकीकृत संसार स्थापनाका लागि आशाको ¥यालीः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता“ शीर्षकमा  आयोजित तथा विश्वभरबाट दृश्यावलोकन गरिएको अनलाईन ¥यालीमा विश्वनेताहरूको सम्बोधन रहेको थियो ।
 
सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरेका छन् । बत्ताहरुले कोभिड १९ का कारण छाएको सुस्ता र निस्क्रियताका बिचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए ।
 
सन् १९५० मा कोरियाली युद्ध शुरुवात भएको ७०औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको ¥याली अप होपको तेस्रो संस्करणमा आशाको शक्तिको रुपमा विश्वभर गुञ्जायमान भयो । यस अघि अगस्ट र सेप्टेम्बर महिनामा आयोजित ¥यालीहरूले कोरियाली प्रायद्वीपको पूनर्मिलनका लागि आह्वान गरेको थियो ।  अनन्त शान्तिपूर्ण संसार साकार पार्नका लागि आवश्यक दर्शन भनेको वसुदैव कुटुम्बकम्को साझा मूल्यमान्यतामा केन्द्रित  पारस्परिक समृद्धि सहितको अन्तरनिर्भरता नै हो ।
 
यूपीएफकि सहसंस्थापिका डा. हाक जा हान मुनले दुईवटा नयाँ परियोजनाहरू अघि सार्नुभएको छ । पहिलो, ७० बर्ष अघि कोरियाली युद्धको समयमा कोरियालाई सैनिक सहयोग्, युद्ध सामाग्रीको आपूर्ति तथा चिकित्सकीय एवं मानवीय सरसहयोग पुर्याउने सबै ६३ वटै राष्ट्रहरूमा युद्ध स्मारक स्थापना गर्ने । फादर र मदर मुनले सन् १९९१ मा उत्तर कोरियाको भ्रमण गर्नुभएको ३० औं बर्षगाँठको अवसरमा अर्को वर्ष, सन् २०२१ मा, यो परियोजनाको उद्घाटन गरिने भएको छ ।
 
डा. मुनले विश्व शान्तिका लागि कलाकारहरूको एक अन्तर्राष्ट्रिय संघ स्थापना गरेको घोषणा गरेको छ ।  उनका अनुसार सन्ततीहरूमा अरूका खातिर बाँच्ने संस्कृति बोकेको सन्तानोचित सहृदयताका साथै कृतज्ञता, शान्ति र मेलमिलापको संस्कृति सिर्जना गर्नका लागि यसको स्थापना गरिएको हो ।
डा. मुनले कोभिड १९को महामारीका कारण अहिले विश्वभर  आर्थिक, सामाजिक, राजनीतिक तथा धार्मिक लागायत क्षेत्रहरूले अप्रत्याशित चुनौतीहरू को सामना गर्नुपरिरहेको बताए ।
 
विभाजनका खाडलहरूलाई पुर्ने काममा कुटनीतिको विशेष भूमिका रहन्छ भन्दै अमेरिकी राजदूत क्रिष्टोफर हिलले यसका लागि प्रत्येक व्यक्तिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
 
क्यानाडा संयुक्त राष्ट्रसंघीय बलको अर्को एक सदस्य थियो । क्यानाडेली पूर्व प्रधानमन्त्री स्टेफनले कोरियाली युद्ध दिग्गजहरूको उपलब्धीहरूका लागि हामी हाम्रो अन्तरहृदयबाट धन्यवाद दिन कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गरे ।
कोभिड १९ महामारी र त्यसले निम्त्याएको परिणामका साथै राष्ट्रहरू बिच आपसी सहयोगको अभावका कारण अहिले आर्थिक, वित्तीय तथा चिकित्सा समस्या खडा भएको छ भन्दै हार्फरले उपचार र खोपहरूको विकासले भाइरससँग लड्नका लागि आशावादी संकेतहरू दिएका छन् ।
 
कोरियाली नागरिकलाई कम्युनिष्ट आक्रमणबाट जोगाउन संयुक्त राष्ट्रसंघीय सेनामा तीनहजार भन्दा बढी सैनिक भर्ना गरिएको स्मरण गर्दै बेल्जियमका पूर्व प्रधानमन्त्री यवेस लेटेर्मेले भने,“कोभिड १९ माथि प्रभावकारी रुपमा विजय हासिल गर्न हामी अवश्य पनि सक्षम हुनेछौं ।“ त्यस्तै कोलम्बियाका सभामुख जर्मन अल्काइड्स ब्लान्को अल्भारेजले संयुक्त राष्ट्रसंघीय बलमा काम गर्ने अवसर पाएका कारण दक्षिण कोरियाको इतिहाससँग कोलम्बियाको अनन्त सम्बन्ध स्थापित गरेको जिकीर गर्दै कोरियाली प्रायद्वीपको निशस्त्रीकरणले यो क्षेत्र विशेषका लागि मात्र नभइ सम्पूर्ण संसारकै लागि एउटा दीगो र स्थिर शान्तिको प्रत्याभूति दिन्छ, भने ।
 
दक्षिणी सुडानका राष्ट्रपति साल्वा कीर मयार्डिटले एक बर्षको द्वन्द्व पछि भगिनी राष्ट्र सुडानसँग शान्ति हस्ताक्षर हुँदाको सम्झना गर्दै सुडानले पनि विश्वव्यापी सथिरतामा योगदान पुर्याएको जिकिर गरे ।  
पूनर्थापननाको मार्गक्रमका बारेमा सोच्ने समय आएको भन्दै श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापाक्षले कोभिड १९ पछिको समयलाई सामन्जस्यपूर्ण, समान समृद्धिमूलक तथा शान्तिपूर्ण संसारको पूनर्निर्माणका काममा प्रयोग गर्ने कुरा सुझाए । उनले भने, एशिया प्रशान्त युनियनको स्थापना गर्ने यूपीएफको प्रश्तावनालाई दूरदर्शी विचारको संज्ञा दिंदै त्यसको कार्यान्वयनमा अझ घनीभूत छलफलको आवश्यकताको सल्लाह दिए ।
 
शान्ति स्थापनाका खातिर अग्रणी शक्तिका रुपमा काम गर्ने यूपिएफको प्रयाशलाई सलाम गर्दै  गणतन्त्र लाइबेरियाका राष्ट्रपति डा. जर्ज मन्नाह वेहले आफ्नो देशले युद्ध र विभाजनले निम्त्याएको कष्टको सम्झना गरेका थिए । सन् १९७१ देखि २०१७ सम्म अमेरिकी सिनेटका सदस्य समेत रहेका कोरियाली युद्ध दिग्गज माननीय चार्ल्स रङ्गेलले भने, म घाइते थिएँ र मर्नकै लागि छाडिएको थिएँ तर भाग्यवस बाँच्न सफल भएँ । उनलाई त्यो चोट र पीडा दिने ठाउँमा उनी कहिल्यै फर्कंन चाहँदैनथिए ।
 
जब उनी कोरिया फर्के उनले थाहा पाए कि कोरिया त्यो खरानीबाट माथि उठेर प्रजातन्त्र, स्वतन्त्रता, आर्थिक विस्तारको प्रतीक मात्र होइन कि संयुक्त राज्य अमेरिकाको एक साझेदार पनि बनिसकेको थियो । तर आज हामी युद्धको होइन कि शान्तिका बारेमा कुरा गर्न सकिने ठाउँमा आइपुगेका छौं । रङ्गेलले भने, “हामी एकअर्कालाई सिद्याउनका लागि जन्मेका होइनौं । विश्व शान्तिका लागि मञ्च तयार गर्ने त्यागका लागि म मदर मुनलाई सादर धन्यवाद दिन चाहन्छु ।“
 
यूपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी. वाल्सले ¥याली अफ होप शान्तिपूर्ण तथा एकीकृत विश्वको निर्माणका लागि समर्पित छ भन्दै महामारीका बापजूत पनि  सन् २०२० भित्र यूपिएफले सयौं कार्यक्रमहरू गरेको भन्दै आगामी दिनमा सबैको सहयोगका लागि आह्वान गरे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago