भर्खरै

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

  • प्रकाशित मिति : बुध, मंसिर १०, २०७७
  • - रासस
title
गण्डकी, मंसिर । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ ।
 
उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्पmबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र समानुपातिकतर्पmबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका उपसभामुखसमेत रहेकी सिर्जना शर्माले मङ्गलबार एक कार्यक्रमका बीच विकास योजनाका कार्यक्रम सार्वजनिक गरेका छन् ।
 
सार्वजनिक योजनाअनुसार सबैभन्दा बढी बजेट सडक पूर्वाधारका लागि विभिन्न वडाका नौ योजनाका लागि रु ९० लाख छुट्याइएको प्रदेशसभा सदस्य थापाले जानकारी दिए । त्यस्तै कृषिलाई प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिँचाइ कुलो र शिवमन्दिरबाट होट फुवारीबाटेका निर्माणका लागि रु २५।२५ लाख छुट्याइएको छ ।
 
पोखरा महानगरपालिकाका पाँच वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत पोखरा–७ घारीपाटनमा बाटो निर्माणका लागि रु १५ लाख, वडा नं १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माणका लागि रु १५ लाख, पोखरा–१७ डेमसाइड पार्क फेवाताल छेउ तारबारका लागि रु १३ लाख, नमूना बाल केन्द्र भवन बाराहीटोल–१० दामोदार कुनामार्गका लागि रु १० लाख विनियोजन गरिएको छ ।
 
सो कार्यक्रमअन्तर्गतको रु दुई करोडका विभिन्न २५ वटा योजनामा विनियोजन रकममध्ये पोखरा–२१ सङ्गमचोक, महवारी जाने बाटो ढलानमा रु १० लाख, प्राथमिक स्वास्थ्यचौकी रु पाँच लाखलगायत आपतकालीन तारजाली खरिदका लागि रु पाँच लाख विनियोजन गरिएको छ । सार्वजनिक कार्यक्रममा प्रदेशसभा सदस्य थापाले घोषित कार्यक्रम सफलताका लागि सम्बन्धित स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
 
निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेट्ने गरी योजना छनोट गरिएको बताउँदै उनले छनोट गरिएका योजना गुणस्तरीय एवं तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । “निर्वाचनका अवसरमा पार्टीको घोषणापत्रअनुसार जनतासँग गरिएका प्रतिबद्धताअनुसार ७० प्रतिशत कार्यसम्पन्न भएको छ”, उनले भने, “यस आर्थिक वर्षमा ३० प्रतिशत पूरा हुन्छ ।”
 
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरी वैशाखसम्ममा निर्माण सम्पन्न हुने गरी कामलाई तीव्रता दिइनुपर्ने आवश्यकता औँल्याए ।
 
नेकपा कास्कीका अध्यक्षसमेत रहनुभएका उनले विकास निर्माणमा तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहने बताए । नेकपा कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिकाका अध्यक्ष दीपक पौडेल, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगीलगायतले जनअपेक्षाअनुरुप विकास निर्माणका योजना अघि बढाइनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago