भर्खरै

सकारात्मक निर्णय

  • प्रकाशित मिति : बुध, मंसिर १०, २०७७
  • - सम्पादकीय
title
अहिले नेपाली विद्युतीय बजारमा विभिन्न ब्राण्डका विद्युतीय एलईडी बल्बहरुको बिक्रि वितरण हुँदै आइरहेको छ । बिक्रि भइरहेकाहरु मध्ये केही गुणस्तरयुक्त छन् भने केही गुणस्तरविहिन छन् । गुणस्तरको मापदण्ड भन्दा कम आयु भएका बल्बहरुको बिक्रि वितरणमा नेपाल गुणस्तर तथा नापतौल विभागले रोक लगाउने भएको छ ।
   
जिएसएल चिमले भन्दा ‘बिजुली कम खपत गर्ने भएकाले अहिले एलईडी बल्बको प्रयोग बढ्दो क्रममा छ । तर बजारमा मापदण्ड भन्दा कम आयु भएका गुणस्तरहीन बल्बको बढी प्रयोग भइरहेको पाइएको छ । 
एलईडी बल्ब ‘न्यूनतम पनि दैनिक पाँच घण्टा प्रयोग हुँदा एउटा एलईडी बल्बको आयु आठ वर्ष हुनुपर्छ । बिजुली खपतको मापदण्ड, ‘आँखाको स्वास्थ्यका लागि आँखाको ज्योतीलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्ड समेत बनेको छ ।
सेतो प्रकाश ८० प्रतिशत हुने किसिमले बल्ब निर्माण हुनुपर्छ ।  विभागको त्यो मापदण्ड अनुसारको नभएका एलईडी बल्ब बिक्री वितरणमा रोक लगाई ६ महिनाभित्र मापदण्डभित्र नपर्ने एलईडी बल्ब बिक्रीमा रोक लगाइएको छ ।
विभागले तोकेको एलईडी बल्बको आयु १५ हजार घण्टा छ । सो समय भन्दा कम आयु भएको एलईडी बल्बको विक्रि वितरण गर्न रोक लगाउनु सकारात्मक विषय हो । जुन निर्णयले गुणस्तर हिन एलईडी बल्ब बजारमा आउने छैनन् । जसले गर्दा गुणस्तर युक्त बल्बले उपभोक्ताको समय देखि खर्चमा समेत बचत हुने छ सँगै विद्युतीय दुर्घटनामा पनि कमि आउने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago