भर्खरै

ऊर्जा उपयोगमा ध्यान दिऔं

  • प्रकाशित मिति : बुध, मंसिर १०, २०७७
  • - शिखर श्रेष्ठ
title
ऊर्जाको सरल परिभाषा दिनु कठिन छ । ऊर्जा वस्तु होईन । यसलाई हामी देख्न सक्तैनौं, न यसको कुनै छायाँ नैं पर्छ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञानमा कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भन्दछन् । ऊर्जालाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर यसलाई नष्ट गर्न सकिदैन । ताप, विद्युत, प्रकाश आदि ऊर्जाका केही फरक–फरक स्रोत अर्थात् रूपहरू हुन् । यिनीहरूलाई एक रूपबाट अर्को रूपमा रूपान्तर गर्न सकिन्छ तर नष्ट गर्न सकिंदैन ।
ताप ऊर्जा, प्रकाश ऊर्जा, चुम्बकीय ऊर्जा, रसायनिक उर्जा, वायु उर्जा, भुगर्भिय ताप ऊर्जा, ध्वनि ऊर्जा आदि पृथ्वीमा उपलब्ध उर्जा हुन् । जलविद्युतका साथै नेपालमा वायु ऊर्जाको पनि प्रचुर सम्भावना छ । हाम्रो देशमा भएको युरेनियमलाई खोज अनुसन्धान गरेर प्रशोधन गरी विदेशमा निर्यात गर्न सकिन्छ । यसबाट अरबांै डलर पैसा कमाउन सकिन्छ । युरेनियमलाई प्रयोग गरी बिजुली निकालेर विदेशमा बेच्न सकिन्छ ।
अहिलेको जस्तो प्रविधिको विकास हुुँदा पनि जनतालाई पिउन र सिंचाइका लागि पर्याप्त पानीको व्यवस्था गरेको देखिन्छ । तर अहिलेका सरकारले अझै पनि जलस्रोत र ऊर्जामा प्रशस्त लगानी गर्न र हरेक घरमा शुद्ध पानीको आपूर्ति गर्न सकेको छैन । 
 
सरकारले घोषण गरेको ५ वर्षमा ५ हजार मेगावाट बिजुली थपिन्छ, त्यसलाई कसरी र कहाँ उपयोग गर्ने आज सम्म कुनै सरकारी नीति देखिदैन् । सबभन्दा पहिला भारतबाट आउने बिजुुली खरिद गर्न बन्द गर्नुुपर्छ । त्यसपछि सबै गृहस्थीले ग्यास बाल्न छोडेर बिजुुलीबाट खाना पकाउनुुपर्छ । त्यसका लागि हाल भएको बिजुलीको दर केही घटाउनुुपर्छ । हाम्रा यातायातका साधन सबै डिजेल र पेट्रोलबाट चल्ने हुुँदा प्रशस्त मात्रामा डिजेल र पेट्रोल भारतबाट खरिद गर्नुपरेको छ जसले गर्दा अरबौंको व्यापार घाटा बेहोरिरहेका छैं । यसलाई घटाउन बिजुलीबाट चल्ने यातायात साधनमा जोड दिनुपर्छ । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।
धेरै ऊर्जा खपत हुन देशमा सबै किसिमको उद्योग कलकारखाना स्थापना हुन जरुरी छ । सरकारको ऊर्जा उत्पादनको योजना सँगै ऊर्जा खपतको योजना पनि सँगै लान जरुरी छ । विद्युतीय सवारी साधनमा उपभोक्ताको चासो जाँदा समेत सरकारको ध्यान पुगेको पाउँदैनौ । देशमा कुनै पनि विकासका आयोजना निमार्ण गर्दा विद्युतको कुनै न कुनै तबरबाट उपयोग गरिरहेको हुन्छ जस्तोकी कृषिमा विद्युतीय करण, खाना पकाउने ग्यासलाई प्रतिस्थापन गरी इलेक्ट्रिक चुलो, सबै किसिमको सवारी साधनमा विद्युतीय हुनु पर्ने साथै विभिन्न औद्योगिकिकरणले नै देशमा उत्पादन भएको विद्युत देशमा नै खपत हुने थियो । सरकारले विद्युत उपयोगको कुनै पनि ढाँचा नल्याउने हो भने केही समयमा नै नेपालमा उत्पादन भएको विद्युत खेर जाने निश्चित छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago