भर्खरै

नेपाली बजारमा एलएनटी ब्राण्डको परिचित गराउन हामी भोटेबहाल केन्द्रित भएका हौ ।

  • प्रकाशित मिति : बुध, मंसिर १०, २०७७
  • - विद्युत संसार संवाददाता
title

लामो समय देखि निर्माण क्षेत्रमा प्रतिष्ठित ब्रान्ड बनाउन सफल पश्चात विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आएको क्षमादेवी ग्रुपले स्थापनाकालको शुरुवात देखि नै उपभोक्ताको मन जित्न सफल भएको छ । गुणस्तरीय, आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री सामग्रीहरुको बिक्रि वितरण गर्दै आएको क्षमादेवी ग्रृपले एलएनटीका स्वीच, एमसिवि, एमसिसिवि, लगायतका विद्युतीय सामग्रीहरुको शोरुम काठमाडौको भोटेवहालमा छिट्टै सञ्चालनमा आउदै छ । यसै सन्र्दभमा केन्द्रित भई विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत साग गरेको कुराकानीको सम्पादित अंश ;
 
क्षमादेवी ग्रुप कस्तो खालका सामानहरुको बिक्रि वितरण गर्ने कम्पनी हो ? कम्पनीको  बारे बताईदिनुहोस् न । 

हाम्रो कम्पनीको स्थापना आजभन्दा करिव २६ वर्ष पहिले स्थापना भएको हो । कम्पनीको स्थापनाकाल देखि नै ग्राहक तथा उपभोक्ताहरुलाई गुणस्तरयुक्त सामग्रीहरु प्रदान गर्दै आइरहेका छौ । सर्वप्रथम हामीले ग्रुपमार्फत युपिभिसिको झ्याल ढोकाबाट ग्राहकवर्गलाई सेवादिन शुरुवात गरेका थियौं । हाल सम्म आईपुग्दा आल्मुनियमको रंगीन जस्तापाता, टायलमार्बल, ग्रीनाईट, डन्डी सिमेन्टका साथसाथै विद्युतीय क्षेत्रमा जर्मनको लिपर ब्राण्डका सामग्री एलएनटी ब्राण्डहरु क्षमादेविका आफ्नै ग्रुप KSD  ब्राण्डहरु समेत नेपाली विद्युतीय बजारमा बिक्री गर्दै आइरहेको छ । यी सबै सेवाहरु एउटै छानामुनीबाट प्रदान गरिरहेका छौ । हामीले उत्पादन गरेका हरेक सामानहरु गुणस्तरीय, नवीनतम् प्रविधियुक्त र उपभोक्तामैत्री रहेकोले हाम्रो कम्पनीबाट उत्पादन भएका सबै सामानले नेपाली बजारमा सजिलै उपभोक्ताहरुको मन जित्न सफलभएको छ । उपभोक्ताहरुको पहिलो रोजाईमा रहेको छ । हामीले मूल्यलाई भन्दा गुणस्तरलाई पहिलो प्राथमिकता दिने गरेका छौं । 
 
क्षमादेवी ग्रुपमार्फत कस्ता–कस्तासामग्रीहरु नेपाली बजारमा बिक्रि वितरण गर्दै आइरहनु भएको छ ? यस बारे बताईदिनुहोस् न । 
हामीले ग्रुपमार्फत सर्वप्रथम त युपिभिसिको झ्यालढोका बिक्रिवितरण गरिरहेका छौंं । त्यसपश्चात् आल्मुनियमको रंगीन जस्तापाता, टायलमार्बल, ग्रीनाईट, डन्डीसिमेन्ट, विद्युतीय सामग्री, भुकम्प रहित घर निर्माणमा प्रयोग हुने प्यानल, सिकेबिरल्लाको सिपिभिसी पाइपलगायतका सामग्रीहरु बिक्रि गर्ने गरेका छौं । केही वर्षदेखि विद्युतीय सामग्रीहरुको बिक्रिवितरण शुरु गर्दै आएका छौ । हामीले बिक्रि गर्दै आएको लिपर ब्राण्ड एक अन्र्तराष्ट्रिय ब्राण्ड हो । अन्र्तराष्ट्रिय ब्राण्ड जर्मनको लिपर ब्राण्डका इलेक्ट्रिकल सामग्रीहरु नेपालको एजेन्सीको रुपमा रहेर बिक्रि वितरण गरिरहेको अवस्था छ । जर्मनमा उत्पादन हुने यस ब्राण्डका विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएका छौ । यो ब्राण्ड अन्र्तगतका सामग्रीहरु गुणस्तरयुक्त हुनुका साथै टिकाउ पनि हुने गरेका छन् । लिपरका प्यानलाईट, कन्सिललाइट, फोकस् लाइटजस्ता लिडजन्य वस्तुहरु आयात तथा बिक्रिवितरण गर्दै आएका छौ । 
 
हाम्रो यो ब्राण्डअन्र्तगत नेपाली उपभोक्ता समक्ष एलएनटीका मोडुलर स्वीच, स्वीच एण्ड स्वीच गेयरहरु ल्याएका छौं । यसैभित्र पनि इन्टाइस र इन्क्लिस भन्ने सिरिजहरु भित्र्याइएको छ । त्यस्तै स्वीच गेयरहरुमा एमसिबी, एमसिसिबी,एसिबी, आरसिबीहरु नेपाली बजारमा ल्याइएका छौ । एलएनटी एकदम उच्चगुणस्तर रहेको ब्राण्ड हो । यो इन्क्लिजम ब्राण्डका स्वीचहरुमा ब्याक्टेरीया फ्रि समेत रहेका छन् । 
 
तपाईहरुले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा बुधबार देखि संचालनमा ल्याउदै हुनुहुन्छ ? तयारी अवस्था कस्तो छ ?

हामीले अब हाम्रो ग्राहकहरुको लागि भोटेबहालबाट पनि एक दुई दिनभित्रमा सेवा दिन लागिरहेका छौं । भोटेबहाल विद्युतीय सामग्रीहरुको बिक्रि वितरण हुने मूख्यथलो रहेकोले हामी  पनि हाम्रो एलएनटी ब्राण्डलाई सबै नेपाली बजारसम्म पु¥याउन त्यहाँ जान लागेका हौं । हामी भोटेबहालबाट एलएनटीको विद्युतीय सामग्रीहरुको मात्र बिक्रि वितरण गर्न लागेका छौं । एलएनटीको ब्राण्डभ्यालु  बढाउन हामी विद्युतीय  सामग्रीको मूख्य बजारमा सोरुम राखेर ग्राहकहरुलाई सेवा दिन खोजिरहेका छौं । त्यहाँबाट सेवादिदा अझैं व्यावसायिक सफलता मिल्छ भन्नेमा विश्वस्त छु । 
 
नेपालमा एलएनटीको एजेन्सी लिएर काम गरिरहनु भएको छ, काम शुरु गर्नुका साथै नेपालमा लकडाउन भयो । अहिले व्यवसायको अवस्था कस्तो छ त ?

गतवर्ष हामीले ओपनिग गर्दै गर्दा धेरै उत्साह मिलेको थियो । ओपनिगकै एक महिना पछि कोरोना महामारीका कारण नेपालमा पनि लामो समय लकडाउन हँुदाहुँदै पनि विभिन्न समस्याका बाबजुद हाम्रो विभिन्न डिलरहरुले हामीसँग भएको सामग्रीको उत्साह जनक नै बिक्रिवितण गर्नु भएको छ । लकडाउनको असर बजारमा हँुदैन थियो भने हामीले बजारमा ल्याएका एलएनटीको स्वीच, एमसिवि, एमएमसिविको बजार विस्तार हामीले सोचेको भन्दा पनि अझ आक्रमक हुनेमा हामी विस्वस्त थियो ।
 
नेपाली बजारमा विद्युतीय सामग्री भित्रिरहदा डिलरहरुको अवस्था के कस्तो छ बताईदिनुस् न ?

हाम्रो डिलर देशका मुख्य शहरहरुमा केन्द्रित छन् । पूर्व मेची देखि पश्चिममहाकाली सम्महाम्रो कम्पनीको १ सय भन्दा बढीडिलरहरु रहेकाछन् भने एलएनटीको डिलरहरु देशका मुख्य शहरहरुमा २५ देखि ३० वटा संख्यामा छन् । कोभिड महामारीको अन्त्य सँगै हामीले डिलरको संख्या अझ बढाउनुका साथै हामीले प्रचार प्रसार मार्फत अझ धेरै डिलरहरु विस्तार गर्ने योजनामा छौ ।  
 
नेपाली बजारमा एलएनटीका सामग्री भित्राउ“दै गर्दा सरकारी पक्ष बाट कस्तो खालको सहयोग पाउनु भएको छ ?

हालको अवस्था कोभिडले नेपाली अर्थबजारमा नै निकै असर गरेको छ । सो कारणले नै हामीले आशा गरेको अनुसार त पाएका छैैनौ । आजको दिनमा सरकार स्वास्थ्य क्षेत्रमा नै केन्द्रित हुनु परेको छ आशा गरौ भोलिको दिनमा सरकारी पक्षबाट पनि विद्युतीय क्षेत्रमा पनि राम्रो सहभागिता रहने छ । 
 
विद्युतीय क्षेत्रका विभिन्न संघ महासंघहरुले तपाईहरु जस्ता व्यवसायीको लागि कस्तो  कार्य गर्नु आवश्यक देख्नुहुन्छ ?

प्रमुखत् ः नेपाली विद्युतीय बजारमा गुणस्तरहिन सामग्रीहरुले आफ्नो स्थान लिनु नै मुख्य समस्या बनेको छ । संघ महासंघले विद्युतीय व्यवसायीहरु र सरकारसँग समन्यय गरेर गुणस्तरहिन सामग्रीलाई बजार सम्म पुग्न नदिन अहम् भुमिका खेल्नु आवश्यक छ । जसकारण उपभोक्ताहरुले पनि ठगिनबाट बन्चित हुनुका साथै नेपाली बजार ढम्पिङ्ग साईट हुनबाट बच्ने छ । यसले व्यवसायीहरुमा भएको अस्वस्थ प्रतिस्प्रर्धा पनि स्वतः हटेर जानेछ । 
 
सरकारले भर्खरै ल्याएको नियम १५ हजार घण्टा भन्दा कम टिक्ने एलइडी बजारमा बिक्री वितरण गर्न निषेध गर्ने तयारी गरिरहेकोे छ । यसलाई कसरी लिनु भएको छ ?
 
विश्व प्रख्यात एलएनटी ब्रान्ड नेपालमा भित्राउँदै गर्दा हाम्रो उद्धे्श्य भनेकै नेपाल डम्पिंग साईड हुनबाट जोगियोस् र उपभोक्ताले गुणस्तरीय सामग्री मात्र प्रयोग गर्न पाउन भन्ने नै हो । सो कारण हामीले एलएनटी ब्रान्ड एलईडी प्रयोग गर्दा तीन लाख पटक स्वीच अनअफ गर्दा पनि केही समस्या आउँछ भने हामीले उपभोक्ताहरुलाई सन्तुष्टि दिन सहज रुपमा हामीले नयाँ एलइडी नै दिने छौ । जनुरुपमा सरकारले नयाँ नियम जारी गर्ने तयारी गरिरहेको छ यो नेपाली विद्युतीय बजारमा एक सराहनिय निर्णय हो । सरकारको यो निर्णय स्वागत योग्य छ र पूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक छ । 
 
कोभिडले विद्युतीय बजारमा पनि असर गरिरहँदा क्षमादेवी लाईट हाउसको अबको योजना कस्ता छन् ?

हाम्रो प्रमुख उद्धेश्य भनेकै उपभोक्ताले एउटै छाना मुनी उपभोक्ताले सम्पूर्ण गुणस्तरीय विद्युतीय सामग्री उपलब्ध गराउनु हो । हाल कोरोनाका कारण बजार अस्तव्यस्त भएता पनि हामीले बजारमा आफ्नो परिचय दिनमा कुनै कमि त गरेका छैनौ तर कोरोना महामारीको अन्त्य सँगै हामीले लाईटको क्षेत्रमा अझै आक्रमक रुपमा बजारमा आफ्नो परिचय दिने योजनामा छौ ।  
 
जाडो या गर्मी मौसमको लागी गु्रपले कस्ता विद्युतीय सामग्री बजारमा ल्याएको छ ?

हामीले भर्खरै सूमानी ब्रान्डको ग्यास गिजर र इलेक्ट्रिक गिजर भित्राएका छौ । केएसडीका विभिन्न प्रकारका फ्यानहरु साथै सबै किसिमका विद्युतीय सामग्री बजारमा ल्याएका छौ ।
 
अन्त्यमा क्षमादेवी ई–मार्टको  बारेमा बताईदिनुहोस् न  ?

हामीले क्षमादेवी ई मार्ट भनेर सार्वजनिक गरेका छौ । यो एप अझै विस्तारीत हुने क्रममा नै छ । यसमा हामीले क्षमादेवी ग्रुपमा उपलब्ध हुने सम्पूर्ण सामग्रीको फोटो सहित स्फेसिकन सहितको विवरण राखेका छौ । आजको समय भनेको प्रविधिको समय हो त्यसैले यस एप बजारमा ल्याउनुको मुल उद्धेश्य भनेको उपभोक्ताले घरमा नै बसेर सहज रुपमा रिजेनेबल प्राईजमा गुणस्तरीय सामग्री होम सर्भिस सहित भविष्यमा उपलब्ध गराउनु हो ।

प्रतिक्रिया