भर्खरै

‘बिजुलीमा आत्मनिर्भर हुन अझै ४/५ वर्ष लाग्छ तर ढुक्क हुनुहोस् लोडसेडिङ हुन्न’

  • प्रकाशित मिति : बिही, मंसिर ११, २०७७
  • - अर्जुन पोख्रेल
title
 काठमाण्डौ । नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ भनेर सरकारले भन्दै आएको र नागरिकले अपेक्षा गर्न थालेको धेरै वर्ष भइसक्यो । सरकारको वाचा र नागरिकको अपेक्षालाई निरास बनाउने गरी भारतबाट बिजुली आयात भइरहेको छ । यो वर्षको हिउँदमा पनि भारतबाट दैनिक दुई सय ५० मेगावाटसम्म बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । दुई सय ५० मेगावाटमध्ये ८० देखि एक सय ५० मेगावाट २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । बर्खायाममा देशमै उत्पादित बिजुलीले पुग्ने अवस्थामा पुगे पनि अझै केही वर्ष हिउँदमा भारतबाट बिजुली आयात गर्नैपर्ने बाध्यता हट्ने सम्भावना छैन । यसै विषयमा अर्जुन पोख्रेलले नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग गरेको संक्षिप्त कुराकानीः
 
यो हिउँदमा बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ, हामी हिउँदमा पनि बिजुलीमा आत्मनिर्भर दिन कहिले आउँछ ?

हिउँदमा पनि नेपालकै बिजुलीमा आत्मनिर्भर हुने दिन आउन अझै ४/५ वर्ष लाग्छ । हाम्रो आन्तरिक उत्पादन बढ्दै जाँदा पनि यहाँको मागलाई हिउँदमा धान्न सकिने अवस्था छैन । हामीले बनाइरहेका धेरै आयोजना रन अफ दि रिभर प्रणालीमा आधारित भएकाले हिउँदमा कुल क्षमताको ३० प्रतिशत हाराहारीमा मात्रै बिजुली उत्पादन हुन्छ । त्यसैले भारतबाट बिजुली ल्याउनुपर्ने बाध्यता छ । 
 
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी यही वर्षकै हिउँदमा आउँछ भन्दै आउनुभएको छ, तर पनि हिउँदमा किन बिजुली नेपाललाई पुग्दैन ? 

माथिल्लो तामाकोसीको पूर्णक्षमता ४ सय ५६ मेगावाट हो । बर्खामा पानी पर्याप्त हुँदा र सबै युनिटबाट बिजुली उत्पादन हुँदा मात्रै ४ सय ५६ मेगावाट आउन सक्छ । हिउँदको समयमा भने हामीले बढीमा १ सय मेगावाट बिजुली मात्रै उत्पादन गर्न सक्छौँ ।श
 
त्यसैले माथिल्लो तामाकोसी आएपछि भारतबाट आउने बिजुलीको अनुपात धेरै नै कम हुन्छ तर पूर्णरुपमा आयात बन्द गर्ने अवस्था आउँदैन । मैले अघि पनि भनिसकेँ हामीकहाँ भएका लगभग सबैजसो आयोजना रन अफ दि रिभर प्रणालीमा आधारित भएकाले जाडो याममा जम्मा ३० प्रतिशत मात्रै बिजुली उत्पादन हुन्छ, हामीले कति धेरै आयोजना बनायौँ, सयौँ मेगावाट बिजुली वर्षेनि थपियो भनेर सुनिरहेका हुन्छौँ तर हिउँदको लागि भरपर्दो आयोजना बनाउन सकेका छैनौँ । अब जलाशययुक्त आयोजना बनाउनुपर्छ भनेर जोड दिनुको कारण पनि यही हो ।
 
यदि जलाशययुक्त आयोजना भइदिएको भए अहिले हामी हिउँदमा पनि आत्मनिर्भर भइसकेका हुने थियौँ । अब ४र५ वर्षपछि ६ सय १० मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त आयोजना र अन्य आयोजना पूरा भए भने हामी बिजुलीमा आत्मनिर्भर हुन सक्छौँ । 
 
तपाइँको कुराले त हामी जुनसुकै बेला पनि लोडसेडिङ गर्नुपर्ने बाध्यतामा रहेछौँ भन्ने डरको संकेत गर्यो नी ?

अहिले लोडसेडिङको डर मान्नु पर्दैन, लोडसेडिङ हुँदैन । तर पनि भारतबाट बिजुली नल्याएसम्म हामीलाई नपुग्ने कुरा तितो यथार्थ हो । विगत केही वर्षदेखि हामीले भारतबाट आयात हुँदै आएको बिजुली घटाइरहेका छौँ । 
 
३ वर्षअघि हामीले हिउँदमा भारतबाट ३ सय ५० देखि ४ सय मेगावाट बिजुली आयात गुथ्यौँ, आज २ मेगावाटसम्म झारेका छौँ । भारतबाट बिजुली आउँदैमा लोडसेडिङ हुने भए छ पोहोर परार पनि हुन्थ्यो होला नी ।
 
हिउँदमा त भारतबाट आयात नगरि नहुने अवस्था रहेछ, बर्खामा हाम्रोमा उत्पादन भएको बिजुली निर्यात भएको छ कि छैन ?

बर्खामा हामीलाई बिजुली धेरै भएको छ । दशैँसम्म पनि हामीले राति ६र७ घन्टा दिनको २ सय मेगावाटसम्म बिजुली खेर फाल्नुपर्यो । असार, साउन र भदौमा पनि हाम्रो प्रशस्त बिजुली खेर गयो । कयौँ आयोजनालाई कम क्षमतामा चलायौँ, कतिपय आयोजनामा बिजुली उत्पादन नगरिकनै पानी खेर फालियो । हरेक महिनाजसो कुनै न कुनै आयोजना सम्पन्न हुँदै जाने क्रम बढेको छ, यसले गर्दा बर्खामा बिजुली खेर जाने सम्भावना झनै बढेको छ । 
 
यो वर्षको अन्तिमसम्ममा ११ सय मेगावाट बिजुली थपिने सम्भावना थियो तर कोभिडको कारणले गर्दा ६र७ सय मेगावाट बिजुली थपिन्छ । अर्को हिउँदसम्ममा १५ सय मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छन्। हिउँदमा पर्याप्त बिजुली उत्पादन नभए पनि बर्खायाममा बिजुली धेरै हुने देखिन्छ । हिउँदमा बिजुली अभाव भए पनि बर्खामा यी आयोजनाको बिजुली खेर जाने डर छ । 
 
भारतसँग विद्युत व्यापार सम्झौता त भयो भनिएको थियो, धेरै भएको बिजुली भारतमा बेच्नको लागि हामीसँग संरचना नभएका हुन् या सम्झौतारकानुनको अभाव हो ?

भारतसँग बिजुली किन्न मात्रै होइन बेच्नको  लागि पनि संरचना तयार भइसकेको छ । बिजुली जुन बाटो आउँछ, त्यही बाटो पठाउन पनि सकिन्छ । धनुषाको ढल्केबरमा भर्खरै हामीले ४ सय केभी क्षमताको सबस्टेशन र प्रशारणलाइनको शुभारम्भ गरेका छौँ । त्यो संरचना बिजुली आयात निर्यातको हाइ वे हो । त्यो लाइनबाट ६ सय देखि ७ सय  मेगावाटसम्म बिजुली ओसारपसार गर्न सकिन्छ । 
 
ढल्केवरको वरिपरि बिजुली जम्मा गर्न सक्यौँ भने यताबाट भारत बिजुली पठाउन सक्ने बाटो तयार भएको छ । पश्चिम मर्स्याङ्दी र कालीगण्डकीको बिजुली ढल्केबरसम्म पुर्याउनको लागि भने संरचना तयार भइसकेको छैन, तर पूर्वी कोरिडोरमा सम्पन्न भएका आयोजनाको बिजुली भारत पठाउन सकिने सम्भावना छ । 
 
भौतिक संरचना भए पनि हामीसँग कानुनी संरचनाको अन्तिम टुंगो लागेको छैन। मुख्य कानुनी संरचना मानिएको विद्युत व्यापार सम्झौता भइसकेको छ। अन्तरदेशीय विद्युत व्यापार कानुन पनि बनिसकेका छन्, केही गाइडलाइन पनि पास भइसकेका छन्, तर कार्यविधि र शुल्कका कुराहरु टुङ्गिएका छैनन् । यी विषय २ वर्षदेखि रोकिएका छन् ।
 
सबै कुरा टुङ्गिएर यति सानो विषय २ वर्षदेखि रोकिनु अलि अस्वभाविक पनि हो । तर यो विषय नटुङ्गिए पनि सिधै जी टू जी माध्यममा सम्झौता गरेर अहिले भारतबाट हामीले बिजुली आयात गरे जसरी निर्यात पनि गर्न सक्छौँ । यसको लागि हामीले प्रयास गरिरहेका छौँ । भारतीय सरकारले मान्यता दिएका २ वटा ट्रेडर कम्पनीसँग पनि हामीले कुराकानी अघि बढाइसकेका छौँ । 
 
प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकको नेतृत्व सम्हाल्नुभएको छ, बर्खामा सयौँ मेगावाट बिजुली खेर जाने, हिउँदमा नकिनी नहुने यो अवस्थालाई कत्तिको चुनौती देख्नुभएको छ ?

यो विषय मेरो लागि ठूलै चुनौती हो । अब आउने वैशाखसम्म अरु आयोजना थपिन्छन्, खोलामा पानीको बहाव बढ्न थाल्छ, । वैशाखदेखि नै १ सय मेगावाट बिजुली खेर जाँदैछ, यो अवस्थाको अन्त्य गर्न सकिएन भने ठूलो घाटा हुन्छ । त्यस्तो अवस्था नआओस् भनेर हामीले अहिलेदेखि नै गृहकार्य गरिरहेका छौँ ।
 
प्राविधिक कारणले बत्ति जाँदा पनि नागरिक अब लोडसेडिङ हुने भयो भनेर डराइरहेको देखिन्छ, यो चाँहि कत्तिको चुनौती हो ?

यो पनि ठूलै चुनौती हो । एक सेकेन्ड बत्ति जाँदा पनि नागरिकमा कति धेरै आक्रोश देखिन्छ, त्यो आक्रोश आउन नदिने गरी काम गर्नु चुनौतीपूर्ण छ ।
 
यसअघिका एमडी कुलमान घिसिङ ज्युले आफ्नो ४ वर्षे कार्यकालमा लोडसेडिङ हटाउन सफल हुनुभयो, लोडसेडिङ हटेको यो अवस्थालाई निरन्तरता दिने र भरपर्दो बिजुली दिनको लागि हामी प्रयासरत छौँ । लोडसेडिङ कुनै पनि हालतमा हुँदैन, हामीले केही ठाउँमा पुराना संरचना परिवर्तन गर्ने काम गरिरहेकाले केही समय जानकारी दिएर बत्ती काटिरहेका छौँ ।  अबको हाम्रो फोकस गुणस्तरीय बिजुलीमा रहन्छ । 
 
जाडो समय सुरु भएको छ, विगतमा जाडोको समयमा संरचनाले धान्न नसक्ने अवस्था थियो, धेरै ठाउँमा झ्याप्प झ्याप्प बिजुली जान्थ्यो, यो हिउँदमा त्यो समस्या समाधान हुन्छ कि हुँदैन, आम उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?

कतै(कतै कमजोर संरचनाका कारण समस्या आउन सक्छ तर हाम्रो टिमले समाधान गर्छ । जाडो होस या गर्मी होस, तपाइँहरुले आफूलाई चाहिने जति बिजुली प्रयोग गर्न सक्नुहुनेछ । लोडसेडिङ इतिहास थियो, अब दोहोरिन दिन्नौँ ।
 
ऊर्जाका अनेक माध्यममा बिजुली नै सबैभन्दा सस्तो र भरपर्दो र वातावरणमैत्री हो । तपाइँले खाना पकाउने ग्यासको सट्टा बिजुली प्रयोग गर्न सक्नुहुन्छ । विद्युतीय गाडीको प्रयोग गर्न सक्नुहुन्छ । लुगा धुन, खाना पकाउन र अन्य घरायसी प्रयोजनको  लागि पनि बिजुली नै प्रयोग गर्नुहोस् । जतिक्यो धेरै बिजुली प्रयोग गर्न मेरो आग्रह छ । प्राविधिक कारणले केहीबेरको लागि बत्ती गएमा धैर्य राखि दिनुहोला ।
 उज्यालो अनलाइन डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago