भर्खरै

चार महिनामा पुनः हाउस वायरिङ्ग तारमा १५ प्रतिशत मुल्यवृद्धि

  • प्रकाशित मिति : बिही, मंसिर ११, २०७७
  • - भीमलाल श्रेष्ठ
title
 
 मंसिर ११, काठमाडौं । हाउस वायरिङ्ग तारको मूल्य भएको करिब चार महिनामा पुनः वृद्धि भएको छ । 
 
अन्र्तराष्ट्रिय बजारमा कपर तथा कच्चा पदार्थमा मुल्यवृद्धि भए सँगै हाउस वायरिङ्ग तारको मुल्यमा पुनः वृद्धि भएको हो । 
 
गत साउनमा ८ देखि १० प्रतिशत मुल्यवृद्धि गरिएको तारमा पुनः करिब चार महिना पछि हिजो १० गते बुधबारबाट बजारमा लागु हुने गरी अघिल्लो मल्यसुचिको तुलनामा १५ प्रतिशत मुल्यवृद्धि  भएकोे नेपाली केबुल उद्योगीहरु (निमामा आवद्ध व्यवसायी) ले बताएका छन् ।
 
नेपाली केबुल उद्योगीहरु व्यवसायी–व्यवसायी बीच विवादका कारण हाउस वायरिङ्ग तारको मुल्यवृद्धिमा ढिलाई हुने गरेपनि यो मुल्यवृद्धि भने समयमा नै भएको हो । 
केही व्यवसायीले पुरानो मूल्य सूचिमा ग्राहकलाई दिईने छुट प्रतिशत कम गर्ने  साथै केहि व्यवसायी मूूल्य सूचि नै परिवर्तन गर्नुपर्ने अडानमा नै विवाद थियो ।
 
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व सचिव तथा बालाजु इलेक्ट्रिकल्स एण्ड टेड्रर्सका प्रोपाईटर मानव श्रेष्ठले मूल्यवृद्धि  भन्दा छुट प्रतिशत घटाएर  जान सकेको भए राम्रो नजिर बस्न सक्ने बताउँदै उनले भने,“बल्ल तल्ल  हाउस वायरिङ्ग तारका रेट भन्न सक्ने भएका थियौ फेरि दररेट परिवर्तन भयो अब कति दिन सम्म यो नियम लागु हने हो दिनगन्ती शुरु गर्नुको विकल्प रहेन ।” 
श्रेष्ठले भने, गुणस्तर विभागले दिएको एउटै मापदण्डमा बनेका  तारहरुमा ग्राहकलाई दिने छुटको प्रतिशतमा धेरै नै अन्तर देखिनाले तार उत्पादन गरिने कम्पनीका तारहरुप्रति नैं आशंका उब्जिएको छ । 
 
काठमाण्डौंमा व्यवसाय गर्दै आएका एक व्यवसायीले भने, नेपाली केबुल उद्योगीहरु बीच नै आपसी बेमेल भएर विदेशी तारहरु नेपाली बजारमा आयात हुन थालेको छ त्यस सम्बन्धी सरोकारवाला निकाय तथा संघ महासंघहरुले कसैले पनि चासो नदिएको उनले गुनासो गरे । नेपाली केबुल उद्योगीहरुले हाउस वायरिङ्ग तारको साईजहरुमा मूल्य एकरुपता भएपनि ग्राहकलाई छुट दिने संस्कार भने पुरानै शैलीमा आ–आफ्नै  तौल–तरिकामा रहेको उनले विद्युत संसारलाई बताए ।
 
 
नेपाली केबुल उद्योगीहरुको साझा संस्था निमाका महासचिव सुवोध खनालले अन्र्तराष्ट्रिय बजारमा कपर, प्लाटिक तथा कच्चा पदार्थमा मूल्यवृद्धि भएसँगै हाउस वायरिङ्ग तारको मूल्यमा १५ प्रतिशत वृद्धि गर्नुपरेको  बताए । 
हामीसँगको कुराकानीका क्रममा  विदेशी तारहरु  नेपाली बजारमा छ्याप्छ्याप्ती  भेटिन्छ नि ? भन्ने प्रश्नमा उनले भने जुनसुकै देशबाट तार आयात गर्नुभन्दा पहिले नेपालको गुणस्तर अनुसार मापदण्डमा बनाउन गुणस्तर विभागसँग अनुमति लिएर मात्र बिक्रिवितरण  गर्नुपर्दछ ।
 
 उनले थपे, आईएसओको जुनकुनै मापदण्डमा बनेको भएपनि नेपालमा बिक्री वितरण गर्न नेपाल गुणस्तरको मापदण्ड अनुसार हुनुपर्ने महासचिव खनालले बताए । आयातित तारहरुको सम्बन्धमा निमाबाट सरोकार निकायमा ध्यानाकर्षण समेत गरेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago