भर्खरै

एमसीसी पास गर्न महासंघकी अध्यक्ष भवानी राणाको सरकारलाई आग्रह

  • प्रकाशित मिति : बिही, मंसिर ११, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, मंसिर । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले राष्ट्रिय सहमति जुटाएर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न सरकारसँग आग्रह गरेकी छन् । 
 
आजबाट ३ दिनसम्म चल्ने महासंघको ५४औं वार्षिक साधारसभाको समारोहको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।  उद्घाटनका क्रममा बिहीबार अध्यक्ष राणाले विद्युत प्रसारणलाई प्रभावकारी बनाई निर्यातका लागि एमसीसी परियोजना सहयोगी हुने भन्दै यसलाई पास गर्ने कुरामा महासंघ सहयोगी हुने बताइन् । 
अहिले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि महासंघले मुलुकको अर्थतन्त्रको ब्लड सर्कुलेशन गराउन बलियो धमनीको रुपमा काम गरेको बताइन् । दैनिक जनजीवनमा संकट आउन नदिन महासंघले खेलेको भूमिका स्मरण गराउँदै आपूर्ति व्यवस्था सहज बनाउन जोखिम मोलेर पनि उद्योगहरु निर्वाध सञ्चालन गर्न महासंघले आव्हानका उद्योगी र कामदारहरुले काम गरेको राणाले बताइन् । 
 
कोभिड १९ ले मानवीय क्षतिका साथै विश्व अर्थतन्त्रलाई कठिन अवस्थामा पुर्याएको बताउँदै अध्यक्ष राणाले धेरै ठूला अर्थतन्त्र ऋणात्मक भएको, अनौपचारिक क्षेत्रका दुई अर्बमध्ये एक अर्ब ६० करोड मानिसहरुको अवस्था गम्भीर बनेको बताइन् । 
उनले नेपालमा पर्यटनसहितका क्षेत्रहरु नराम्रोसँग प्रभावित र ३१ प्रतिशत उद्योगहरु पूर्णरुपमा बन्द भएको बताउँदै ऋण तिर्न, बिद्युत महशुल तिर्न, कर तिर्न धेरै उद्योग व्यवसायहरुलाई कठिन अवस्था सिर्जना भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago