भर्खरै

सडक सञ्जालमा जोडियो किसेदी गाउँ, सडक सञ्जालसँग जोडिएपछि स्थानीयवासीमा छायो खुसीयाली

  • प्रकाशित मिति : शुक्र, मंसिर १२, २०७७
  • - Admin
title
तनहुँ, मंंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ किसेदी गाउँ पनि सडक सञ्जालसँग जोडिएको छ । सञ्जालसँग जोडिनु भन्दा पहिले त्यहाँका सर्वसाधारणलाई सडक भएको ठाउँमा आइपुग्न करिब ४५ मिनेटको समय हिँड्नुबाहेक अर्को कुनै विकल्प थिएन । अब भने यहाँका सर्वसाधारणलाई सहज भएको छ । उक्त गाउँ पहिलोपटक सडक सञ्जालमा जोडिएको छ ।
 
वडा कार्यालयले गाउँसम्म पुग्नका लागि सडक खनेर सकेको छ । वडा कार्यालयको रु चार लाख र स्थानीयवासीको रु ५० हजार गरी रु चार लाख ५० हजारको लागतमा सडक खन्ने काम सम्पन्न भएको वडाध्यक्ष मनराज गुरुङले बताए । वडाध्यक्ष गुरुङका अनुसार तिहार अगाडिबाट काम शुरु भएको थियो । उक्त सडकको दूरी एक हजार ५०० मिटर छ । किसेदी गाउँका स्थानीयवासी सडक सञ्जाल जोडिएपछि खुशी भएका छन् ।
 
म्याग्दे खोलामा कल्भर्ट निर्माण शुरु

तनहुँको म्याग्दे गाउँपालिका–५ र ६ जोड्न घेरौदी रिठ्ठेपानी म्याग्देखोलामा बक्स कल्भर्ट निर्माण शुरु भएको छ । घेरौदी रिठ्ठेपानी म्याग्देखोला बक्स कल्भर्ट निर्माण उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको कल्भर्टको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास भएको थियो  । सो अवसरमा रानाले निर्धारित समयमै गुणस्तरीय काम गर्न आग्रह गरेकी छिन् । 
 
निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर थापाले रु १८ लाखको लागतमा छ मिटर कल्भर्ट निर्माण गर्न लागिएको जानकारी दिए । म्याग्देखोलामा कल्भर्ट नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिम मोलेरै आवतजावत गर्दै आइरहेका छन् । “कल्भर्ट निर्माण भएपछि सहजरूपमा आवतजावत गर्न सजिलो हुन्छ”, थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago