भर्खरै

ऊर्जा मन्त्री पुनद्वारा सव स्टेशन उद्घाटन

  • प्रकाशित मिति : मंगल, मंसिर १६, २०७७
  • - रेशम विक
title
लिबाङ, मङ्सिर १५ गते । रोल्पा नगरपालिका–३ सातदोबाटो नजिक निर्मित लकुरी सव स्टेशनको सोमबार (१५मंसिर) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले उद्घाटन गरेको छ ।
 
उनले परिवर्तन गाउँपालिका, माडी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास पनि गरेको छ ।
 
‘दुई वर्ष अगाडि यस जिल्लामा आठ हजार ५ सय ग्राहक संख्या थियो भने आज ३० हजार ग्राहक संख्या पुगेको छ’उनले भने ।  
‘यसै वर्ष सञ्चालित भएका योजना सम्पन्न हुँदा करीव ९५ प्रतिशत घर परिवार विद्युतको पहुँचमा पुग्ने छन् । बाँकी गाउँहरु वैकल्पिक ऊर्जा प्रर्वद्वन, समुदायको आफ्नै प्रयत्न वा अन्य योजनाबाट धेरै गाउँहरु उज्यालो छन् । अब भरपर्दाे विद्युत ९० प्रतिशत पु¥याउने लक्ष्य छ ।’ मन्त्री पुनले भने । 
संघीय सरकारले आगामी दुई वर्षसम्म विद्युतीकरणको लक्ष्य अनुसार आवश्यक वजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाएको मन्त्री पुनले बताए । यस वर्ष लुम्बिनी प्रदेशको सबै वडाहरुमा विद्युत पु¥याउने गरी विस्तार कार्य अगाडि बढाएको उनको भनाइ छ ।
उनले यस वर्ष मिनिग्रेट कार्यक्रम अन्तर्गत ९७ वटा गाउँपालिकामा विद्युत पु¥याउने लक्ष्य सहित २५० किलोवाट क्षमताका हिमाली र पहाडी जिल्लामा ९७ योजनाबाट विद्युत पु¥याउने बताए ।
जिल्लामा १९६ मेगावाटको माडी जलाश्ययुक्त जलविद्युत आयोजनाको अध्यायनको कार्य अन्तिम चरणमा घोराही वा खुंग्रीदेखि रुकुम जिल्लाको बाफेकोटसम्मका लागि पुगेको अवस्थामा १३२ के.भी.को प्रसारण लाइन स्थापनमा सहयोग पुग्ने उनले धारणा व्यक्त गरे । जिल्ला झिमरुक र घोराही सव स्टेशनसँग जोडिए विद्युत सेवामा थप सहज बन्ने बताए । यस जिल्लामा गुणस्तरीय विद्युतसँगै मदन भण्डारी राजमार्ग र पहाडी लोकमार्गसँग जोडिएका छौं । आगामी दिनमा यस जिल्लामा उद्योगिकीरणमा थप सहयोग पुग्ने उनको विश्वास व्यक्त गरे । त्यसैले यस जिल्लामा विद्युत विस्तार, सडक विस्तार, स्वास्थ्य, शिक्षाको विकासमा विगतको तुलनामा धेरै विकास भएको उनको भनाइ छ ।
 
उनले भने,‘पार्टीभित्रको बहसले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने स्वाभाविककै हो । फरक–फरक धारका कम्युनिष्ट पार्टीहरु समयको आवश्यकता अनुसार एक भएका छौं ।’ पार्टी एकता बचाउ, पार्टीले नागरिकबाट प्राप्त विश्वास गुम्न नदिन, ७० वर्षको आन्दोलनबाट संघीयता, लोकतन्त्र, गणतन्त्र, सामानुपातिक, समाजिक न्याय सहितको संविधानमा संस्थागत भएका उपलब्धिहरुलाई गुम्न नदिन आफ्नो सक्रिय भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्वता व्यक्त गरे ।
 
उनले पार्टीको निर्णय अनुसार दुबै अध्यक्षहरुले पदबाट राजीनामा दिएमा हामी युवा पुष्ताले पार्टी सञ्चालन गर्ने बताए । युवा नेतृत्वहरुले लामो समयसम्म सरकार र पार्टीमा अनुभवले पार्टी जीवन्त सञ्चालन गर्ने उनले धारणा व्यक्त गरे ।
यस सव स्टेशनले यस जिल्लाको सुनछहरी, लुङ्ग्री गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, रोल्पा नगरपालिका र रन्टीगढी गाउँपालिकामा गुणस्तरीय विद्युत सेवा प्रवाहको विश्वास व्यक्त का सेवा ग्राहीहरुलाई भरपर्दाे विद्युत प्रवाह हुनेछ ।
 
विगतमा अर्घखाँचीको कुनै ठाउँमा विद्युत लाइनमा समस्या हुँदा यस जिल्लाको पूरै अध्यारो हुने अवस्था थियो । तर, जिल्लामा निर्माण भएका सव स्टेशनको सञ्चालनले जिल्ला अध्यारोको समस्याबाट यि क्षेत्रहरुमुक्त भएका छन् ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago