भर्खरै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई अनलाइन विश्वविद्यालय बनाउने छौ ।

  • प्रकाशित मिति : बुध, मंसिर १७, २०७७
  • - प्राध्यापक डा.नन्दबहादुर सिंह, उपकुलपति मध्य पश्चिमाञ्चल विश्वविद्यालय
title

विद्या र शिक्षाको क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्नुभएका नेपालका चर्चित शैक्षिक व्यक्तित्व जसले मुलुकको शैक्षिक विकाशमा आफुलाई समर्पण गर्नुभएको छ । सरकारले लिएको जिम्मेबारी कुसलता पूर्वक सम्पन्न गर्ने अठोटका साथ लम्किरहनु भएका मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह सग विद्युत संसार साप्ताहिकका प्रधानसम्पादक राम प्रसाद पौडेलले गर्नुभएको कुराकानी संक्षेपमाः 
 
 
तपाईले विश्वविद्यालयको उद्धेश्यलाई कसरी लागु गर्नुभएको छ ?
प्रधानमन्त्रीले फागुन १८ गते उपकुलपतिमा नियुक्ति गर्नुभएको थियोे । नियुक्ति भएकै दोस्रो साताबाट कोरोना महामारीका कारण देशभर लकडाउनको अवस्था सुरुभयो । लकडाउन सुरु भए सँगै विद्यार्थीहरु विद्यालय जाने अवस्था रहेन यो समय मेरो लागि चुनौती पूर्ण नै भयो । यो अवस्थामा विद्यार्थीको पठनपाठनलाई कसरी निरन्तरता दिने भन्ने विषयमा केन्द्रित भएँ । कोरोना महामारी छिटो अन्त्य हुनेमा मलाई विस्वास थिएन । यसैकारण पनि मैले अनलाइन कक्षा संचालन गर्नुपर्दछ भन्दै योजना अगाडि सारे । कर्णाली प्रदेशका विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा सहज हुन्छ ? भन्ने पनि धेरै थिए तर यस योजनालाई सफल पार्न म आफु निरन्तर लागि परे । शिक्षकलाई तालिम सँगै विद्यार्थीलाई आर्कषित गर्न तर्फ लागियो । अनलाइन कक्षा संचालन गर्दै गर्दा हामीले मुल्यांकन गर्दा सफलता हात पा¥यौ ।
यस बीचमा हामीले १० वटा सेन्ट्रल, ५ वटा संकायका क्याम्पस, १० वटा आंगिक क्याम्पस, एउटा एमएससिटी काठमाडौमा र जेसिआईमा सबै ठाउँमा एउटै खालको योजना अगाडि बढायौ । र करिव एक महिना पछि सबै तिर अनलाइन कक्षा पु¥याउन सफल भयौ । यो समयमा हामीले अनलाइन ट्रेनिङ्ग दिने संस्थाहरुसँग एमओयु गरेका छौ ।  
हिजोको दिनमा अनलाइन परिक्षा चलाउनपनि गाह्रो थियो तर आज अवस्था राम्रो छ । सतप्रतिशत विद्यार्थी अनलाईन कक्षा र परिक्षामा समाविष्ट छन् । 
 
अनलाइन कक्षा संचालन गर्दा कर्णाली प्रदेशका विद्यार्थीहरुलाई आर्थिक हिसावले असर गर्दैन र ?
हामीले डाटा हेर्दा यस्तो लाग्दैन किनकी ९६ प्रतिशत व्यक्तिका हातमा मोवाइल, ६५ प्रतिशतको हातमा स्मार्टफोन पुगेको अवस्था छ । पहुँच भएकालाई अनलाइन र पहुँच नभएका विद्यार्थीहरुलाई हामीले अफलाइन माध्यम (जसमा इमेलबाट पठाएका रेकर्ड) बाट कक्षा संचालन गरेका छौ ।  
विद्यार्थीले नबुझेको कुरा एलएमएस माध्यमबाट प्रस्तुत गर्न सक्दछन् । मेरै नेतृत्वमा नौ जनाको आईटीको टिम बनाएको छु अब छ महिना देखि एक वर्षमा सबै मध्यपश्चिम विश्वविद्यालयलाई अनलाइनमा राख्दै ई–यूनिभर्सिटी बनाउने योजनामा छौ । हाल अनलाइन कक्षाकै लागि सरकारले फ्रि इन्टरनेट सेवा प्रदान गरेको छ । दुर्गम भनेर नबस्नुस् तपाईले प्रयास गरेमा केही कुरा असम्भव हुँदैन । 
 
मध्यपश्चिम विश्वविद्यालय नेपालको नम्बर १ विश्व विद्यालयका रुपमा स्थापित गराउन लाग्नु भएको हो ?
म त्यति महत्वकांक्षी त होईन तर म स्वभाविक हिसाबले प्रतिस्पर्धालाई विश्वास गर्दछु । कर्णालीका दिमागी ज्ञान र व्यवहारिक ज्ञान भएका विद्यार्थीहरुलाई एकै थलोमा ल्याएर नेपालको कर्णाली प्रदेशको स्रोत र साधनलाई मध्यनजर गर्दै नेपाली बजारमा मात्र होईन भोलीको दिनमा विश्व बजारमा बिक्रि हुन सक्ने युवाहरु उत्पादनमा जोडदिनु मेरो उद्धेश्य हो । 
 
मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक विषयलाई मध्यनजर गर्दै हामीले एकेडेमिक क्यालेन्डर प्रकाशित गरेका छौ अबको दिनमा यही क्यालेन्डर अनुसार विश्वविद्यालय संचालन गर्ने छौ । जसकारण मध्य पश्चिमाञ्चल अन्र्तगत पढ्ने कुनै पनि विद्यार्थीको सेमेष्टर खेर जाने छैन् ।
कर्णाली प्रदेशलाई चादीको कचौरा भनिन्छ यसमा तपाईले आफ्ने लक्ष्यलाई कसरी आफ्नो गन्तब्यमा पुर्याउनु हुन्छ ?
कर्णाली प्रदेश सुनको भुमि हो । सुर्खेतमा आज २१ औ शताब्दीको   विश्वविद्यालय छ । १३ औ शताब्दीमा बुद्धिष्ठहरुको ज्ञानको केन्द्र थियो । इतिहासमा कर्णालीको नाम सर्वणभुमी थियो भने अहिले पूनः यस थलोलाई शैक्षिक क्षेत्रको सुर्वणभूमी बनाउन लागेको हुँ । कर्णलीको प्राकृतिक स्रोत र साधनलाई ध्यानमा राखेर आधुनिक व्यवहारिक शैक्षिक केन्द्र बनाउनु पर्दछ । अब ७० प्रतिशत प्राक्टिकल र ३० प्रतिशत सैद्धान्तिक भएमा मात्र युवा बजारमा बिक्न सजिलो हुन्छ । विद्यार्थीको अध्ययनको विषय बनाउँदा कर्णालीको प्राकृतिक स्रोत र साधनलाई मध्यनजर गरेर मात्र बनाइनुपर्दछ । नैतिकता हराएको मान्छे उत्पादन गरेर राज्य बन्दैन राष्ट्र बनाउँदा नैतिकता सहितका दिमाग भएका युवाहरुको आवश्यकता छ । जबकी नैतिकता हराएका मान्छे विश्वविद्यालयबाट उत्पादन हुन्छन् म यसको विरुद्धमा लडाई लड्न आएको हुँ ।
 
नेपालमा विद्यालय स्तरदेखि नै राजनीतिको हावि छ तपाई मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति भएर काम गर्दै गर्दा कस्तो महसुश गर्नुभएको छ ?
हजुरले भने जस्तै हिजोको दिनमा सम्पूर्ण शिक्षक र विद्यार्थी गलत बाटोमा लागेका थिए तर मैले सबैलाई प्रशिक्षण गर्दै छु आज शिक्षक देखि विद्यार्थी संगठन समेत मेरो कुरामा सहमत छन् । सबैलाई एकसाथ लगेर आमुल परिर्वतनको एक यात्रामा एकिकृत भिजनका साथ अघि बढ्ने छु । 
नेपालमा जुनखालको राजनीतिक विकृति छ सात प्रदेश मध्य कर्णाली प्रदेशमा पनि राजनीतिक विकृति नहुने कुरै भएन । तर इमान्दारीताका साथ लाग्नु भयो र गलत कार्यको कानुन भयो भने धेरै कुरा समाधान गर्न सकिन्छ । उदाहरणको लागि मैले पहिलो पटक रजिस्टारको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गरे यो उदाहरण विश्वविद्यालय इतिहासमा नै पहिलो घटना हो । 
 
नेपालमा सम्बन्धन स्वीकृत नदिने, विदेशी विश्वविद्यालयबाट आफ्ना आवश्यकता पुरा गर्ने साथै विद्यार्थीहरुलाई विदेश पठाउनको निम्ति विश्वविद्यालयको भुमिका महत्वपुर्ण हुन्छ भन्ने विश्वविद्यालयलाई आरोप लाग्ने गरेको छ । नि ?
 
विश्वविद्यालयलाई अगाडि सारेर जनताको रगत र पसिनाबाट संचालित सरकारी विश्वविद्यालयबाट आफु पदमा जाने र घुम्नका लागि आफु र आफुलगायत केही दलालहरु लगेर पैसाको आर्जन गर्नेहरुको पनि यहाँ कमि छैन् । तर यस्ता गलत कार्यलाई मैले अन्त्य गर्दछु । हाम्रो विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय विश्वविद्यालयमा सम्बन्ध राखेर गलत तरिकाको फाइदा लिनको लागि जाने शैक्षिक माफियाहरुलाई मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ढोकाबाट पस्न दिने छैन ।
   
अन्त्यमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि के भन्न चाहानुहुन्छ ?
कोभिडका कारण सबै जसो अभिभावक र विद्यार्थीहरु आफ्नो सेमेस्टर खेरजाने होकी भन्ने चिन्तामा छन् । तर मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक विषयलाई मध्यनजर गर्दै हामीले एकेडेमिक क्यालेन्डर प्रकाशित गरेका छौ अबको दिनमा यही क्यालेन्डर अनुसार विश्वविद्यालय संचालन गर्ने छौ । जसकारण मध्य पश्चिमाञ्चल अन्र्तगत पढ्ने कुनै पनि विद्यार्थीको सेमेष्टर खेर जाने छैन् ।

प्रतिक्रिया