भर्खरै

आफू–आफूमा विमेल, बहिरबाट भयो चलखेल

  • प्रकाशित मिति : बुध, मंसिर १७, २०७७
  • - विद्युत संसार
title

दाजुभाई झगडा भयो भने बाहिर देख्नेले के भन्छ, हो त्यस्तै भएको छ विद्युतीय बजारमा । नेपाल हाउस वायरिङ्ग तारमा आत्मनिर्भर भएको छ । नेपालमा गुणस्तरयुक्त तारहरु उत्पादन गर्ने कम्पनी नगन्य छ । तर पनि कच्चा पदार्थ भने बाहिरी मुलक बाट नै आयात गरिन्छ । 
यसैले नेपालमा उत्पादन भएको हाउस वायरिङ्ग तारको मुल्य निर्धारण आयात गरिएको कच्चा पदार्थको मुल्यमा भरपर्दछ जसकारण मुल्य घट्ने वा बढ्ने संकेत गर्दछ । देशभर हाउस वायरिङ्ग तारहरु उत्पादन गर्दै आएको कम्पनीहरुको साझा संगठन नेपाल विद्युत उत्पादक संघ (निमा) ले हाउस वायरिङ्ग तारको मुल्य निर्धारण गर्ने गरेको छ । 
कोरोना महामारीका कारण गत चैत देखि भएको लकडाउनले नेपालको अर्थतन्त्रमा नै असर पु¥याए पछि हाउस वायरिङ्गको मूल्यमा मात्र दुई पटक सम्म वृद्धि भएको छ । कच्चा पर्दाथको मुल्यमा वृद्धि भएसँगै नेपाली विद्युतीय बजारमा पनि तारको मुल्यमा वृद्धि भएको नयाँ तालिका निकाल्ने गरेको छ । तर यस विषयमा संघमा भएका व्यवसायीहरु बीच नै अन्तरविरोध हुने गरेका छन् जस कारण हाउस वायरिङ्ग तारको मुल्यवृद्धिमा ढिलाई हुने गर्दछ । 
केही व्यवसायीले पुरानो मूल्य सूचीमा ग्राहकलाई दिईने छुट प्रतिशत कम गर्ने  साथै केही व्यवसायी मूूल्य सूची नै परिवर्तन गर्नुपर्ने अडान हुने गर्दछ ।
 गुणस्तर विभागले दिएको एउटै मापदण्डमा बनेका तारहरुमा ग्राहकलाई दिने छुटको प्रतिशतमा धेरै नै अन्तर देखिनाले तार उत्पादन गरिने कम्पनीका तारहरुप्रति नैं आशंका उब्जिएको छ । तारहरुमा छुट प्रवृत्ति धेरै छ यसलाई सबै नेपाली केबुल उत्पादन गर्ने कम्पनीहरुले १० प्रतिशत भन्दा बढि छुट नदिने गरि बजार कायम गराउनु आजको आवश्यकता हो । नेपाली केबुल उद्योगीहरुले हाउस वायरिङ्ग तारको साईजहरुमा मूल्य एकरुपता भएपनि ग्राहकलाई छुट दिने संस्कार भने पुरानै शैलीमा आ–आफ्नै  तौल–तरिकामा रहने गरेको छ । 
नेपाली केबुल उद्योगीहरु बीच नै आपसी बेमेल कै कारण विदेशी तारहरु नेपाली बजारमा आयात हुन थालेको छ त्यस सम्बन्धी सरोकारवाला निकाय तथा संघ महासंघहरुको चासो पुगेको 
पाईदैन । 
नेपाली बजारमा विदेशी तारहरुले यसरी नै आफ्नो स्थान ओगट्दै जाने हो भने भोलिको दिनमा नेपाली हाउस वायरीङ्ग तार कम्पनीहरु धरासायी नबन्ला भन्न सकिदैन । 
त्यसैले सबै व्यवसायीहरु समयमा नै संम्यमता अपनाई व्यवसायी एकजुट हुन आवश्यक छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago