भर्खरै

बिधुत सर्ट हुँदा विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

  • प्रकाशित मिति : बिही, मंसिर १८, २०७७
  • - गोरखापत्र अनलाइन
title
 
 मङ्सिर १८ काठमाडौ । बिहीवार सिमकोट बिमानस्थलको कार्यालय प्रमुख बस्ने क्वाटरमा बिधुत सर्ट हुँदा आगलागी भएको छ । बिहान साढे चार बजे एक्कासि क्वाटरमै रहेको स्टोर कोठामा बिधुत सर्ट भएपछि आगलागी भएको हो ।
बिहान अधँरैमा आगोको गन्ध आएपछि पल्लो कोठा रहनु भएका कार्यालय प्रमुख बिष्णुप्रसाद अधिकारी बाहिर आएपछि आगलागी भएको खवर बाहिर आएको प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीले बताए ।
 
आगलागीको प्रकृति हेर्दा स्टोरमा बिधुत सर्ट भएपछि आगलागी भएको उक्त कोठा र अर्को कोठा पनि पूर्ण रुपमा नष्ट भएको बिमान स्थलको फायर शाखाका बरिष्ट सहायक शिबराम धितालले बताए । छ वटा कोठा, दुई वटा शौचालय र एउटा बरण्डा भएको भवन पूर्णरुपमा काम नलाग्ने भएको उनले बताए । आगलागी सुरु भएको कोठामा कार्यालयका कागजात, एसी, सोलार, ब्याट्री पनि नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ । भवनमा पचास प्रतिशत क्षेत्र पुगेको छ । आगलागीबाट अन्य कर्मचारी कसैलाई केही नभए पनि एक जना कार्यालय सहयोगी हातमा चोट लागेको छ ।
 
आगोलाई करिब तीन घण्टाको प्रयास पछि नियन्त्रणमा लिईएको थियो । आगलागी नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बजारवासी, सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६का बासिन्दा पुगेका थिए । आगालागीको क्षेती आउन बाँकी छ । क्षेती बिबरणका लागि सिमकोट गाउँपालिका बिमान स्थलले पत्राचार गर्ने र त्यसपछि प्राबिधिक आएपछि मात्रै थाहा हुने छ । सिमकोट बजारमा प्रहरीले माईकिङ गरेर सर्बसाधारणलाई आगो नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । आगलागीको अनुसन्धान गर्न नागरिक उड्डयान प्राधिकरण काठमाडौंबाट एक टोली आजै सिमकोट आउदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago