भर्खरै

आज र भोली उपत्यकाको यि ठाउँमा बत्ति जादैँ, हेर्नुहोस् कहाँ कति समय जान्छ

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - विद्युत संसार संवाददाता
title

मंसिर १९ काठमाडौं । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले आज र भोली विद्युत अवरुद्ध हुने बताएको छ । 
 
 मूलपानी स्वचिङ्गबाट सञ्चालित साँखु फिडरको मूलपानी ब्रह्मखेल सडक खण्डको एच.टी. लाइन तान्ने कार्य हुन लागेकोले उक्त  फिडर अन्तर्गतको  सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंहपौवा क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ । 
 
गोरखापत्रमा सुचना निकाल्दै प्राधिकरणले भनेको छ, आज १९ गते शुक्रबार र भोली २० गते शनिबार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ति काटिने छ । सुचनामा भनिएको छ, निर्धारित मितिमा समय अगावै कार्य सम्पन्न भएमा विद्युत लाइन सुचारु गरिनेछ ।

प्रतिक्रिया