भर्खरै

मर्मत सम्भार नहुँदा हावाबाट निकालिएको बिजुली बन्द, ४२ परिवार अँध्यारोमा बस्न बाध्य

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - Admin
title
मंसिर १९ काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको रुद्रपुर द्यौबादीमा हावाबाट निकालिएको बिजुलीको उत्पादन बन्द भएको छ । 
 
परियोजनाको मर्मत सम्भार नहुँदा विद्युत उत्पादन बन्द भएको हो । सुरुका दिनमा यो  परियोजनाबाट उत्पादित बिजुली २४ घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका‚ थानीयवासी अहिले उत्पादन नै बन्द हुँदा निराश भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताए । 
 
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५,  धौवादी  रुद्रपुरमा २०६८ सालमा एसियाली विकास बैङ्ककको एक करोड ५० लाख रुपियाँको सहयोगमा हावाबाट निकालिएको बिजुली अहिले मर्मत सम्भार गर्न नसक्दा बन्द  भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए उक्त परियोजनाबाट १० किलोवाट  र  सोलारबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहे पनि अहिले  उत्पादन बन्द भएकोे र गाउँपालिकाले  विद्युत उत्पादन कायम राख्न चार लाख र एडीबीले  सात लाख  रुपियाँ  दिएको तर इन्भर्टर खरिद गरी उत्पादन थालिए पनि अहिले भने सो बन्द भएपछि ४२ घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका वडाध्यक्ष रानामगरले बताए ।
 
निर्माण  गरिएको पहिलो चार  वर्षसम्म १२ किलोवाट  विद्युत उत्पादन भएकोमा  यहाँका‚ थानीयले चौबिसै घण्टा विद्युत प्रयोग गरिरहेका थिए । जसबाट रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घरधुरी लाभान्वित भएका थिएध्र पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने भए पनि अहिले बन्द भएपछि यहाँका बासिन्दाले दुःख खेपेका वडाध्यक्ष रानामगरले बताए । आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago