भर्खरै

खेलाडीको रात्रि खेलकूद हेर्ने चाहना पूरा, रङ्गशालामा रात्रिकालीन बत्ती जडान

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - रासस
title
मंसिर १९ काठमाडौं । प्रदेश नं १ सरकारले लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश सरकारले पूरा गरेको छ ।
विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माग रहँदै आएकामा प्रदेश सरकारले बिहीबारदेखि सो रङशालामा फ्लड लाइट जडान (रात्रिकालीन बत्ती)को जडान शुरु गरेबाट उनीहरुको इच्छा पूरा गरेको हो ।
 
सामाजिक विकास मन्त्रालयले रु चार करोड २९ लाखमा गत वर्षको असोज १ गते कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ । 
 
फ्लड लाइट जडानको कार्यको बिहीबार शुभारम्भ गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले शहीद रङ्गशालालाई समयानुकूल अत्याधुनिकरुपमा निर्माण गर्ने बताए । उनले विराटनगरलाई खेलकुदमय नगरको रुपमा विकासका लागि काम सुरु भएको बताउँदै कोभिड–१९ बाट थलिएको खेलकूद गतिविधि चाँडै शुरु गर्ने जानकारी दिए । 
 
मन्त्री घिमिरेले रङ्शालाको संरचना पुरानो भएकाले यसको सुधार,मर्मत र सुविधा सम्पन्न बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शहीद रङ्गशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउँदै बैजनाथपुरको अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई चाँडै सम्पन्न गरी नगरलाई खेलकूद केन्द्रका रुपमा विकास गर्र्नुपर्नेमा जोड दिए । लाइट जडानका लागि भारतबाट १० जना प्राविधिक कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago