भर्खरै

सडक बत्ति दुई बर्ष नपुग्दै विग्रए, मर्मतका लागि गाउँपालिकाबाट भएन पहल

  • प्रकाशित मिति : शुक्र, मंसिर १९, २०७७
  • - Admin
title
मंसिर १९ काठमाडौ ।  दार्चुलाको  मालिकार्जुन गाउँपालिकामा जडान गरिएका १८ सेट सडकबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका छन । 
गाउँपालिकाको आठ लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको १२ लाख गरी १८ लाख रुपियाँ आर्थिक लगानीमा २०७५ मा जडान गरिएका सडकबत्ती दुई वर्ष नपुग्दै बिग्रिएका हुन । मालिकार्जुन  गाउँपालिका–३  को  मालिकार्जुन  मन्दिर,  शिलङसंगै  बजारक्षेत्र  र  भण्डारी घर क्षेत्रमा जडान गरिएका सडकबत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेको स्थानीय रिनुसिंह धामीले जानकारी दिए उनले भने, दुई वर्ष पहिले जडान गरिएका सडकबत्ती अहिले काम नलाग्ने गरेर बिग्रिएका छन । 
 
 कतिपय ठाउँका सडकबत्तीका ब्याट्रीबाट  स्थानीयले  घरमा  तार  तानेर बत्ती  बालेका छन ।  सडकबत्ती मर्मतका लागि गाउँपालिकाले कुनै  पहल  नगरेको‚ स्थानीय  गणेश  धामीले  गुनासो  गरे  गाउँपालिका  अध्यक्ष  नरेन्द्रसिंह  धामीले  भने  सडकबत्ती  प्रविधिको  खराबीको कारण बिग्रिएको मर्मतका लागि पहल  भइरहेको  बताए । 
 
 सडकबत्तीको  ब्याट्रीबाट स्थानीयले तार तानेर प्रयोग गरेको बारेमा  भने  आफूलाई  जानकारी  नभएको  अध्यक्ष धामीको भनाइ छ । बत्ती मर्मतका लागि वैकल्पिक  ऊर्जा  प्रवद्र्धन  केन्द्रसँग  सहकार्य  भइरहेको गाउँपालिकाले जनाएको छ । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago