भर्खरै

नेपाल–भारत बीच दुईदिने ऊर्जा बैठक बस्दै, प्रसारणलाइन निर्माण र ऊर्जा आदानप्रदान मुख्य एजेण्डा

  • प्रकाशित मिति : आईत, मंसिर २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, मंसिर  । नेपाल र भारत सरकारबीच ऊर्जासम्बन्धी संयुक्त कार्यदलको दुई दिने बैठक बस्ने भएको छ ।
 
दुई देश बीच यहि मंसिर २५ र २६ गते भर्चुअल माध्यमबाट ऊर्जा बैठक बस्ने भएको हो । 
 
बैठकको मूख्य एजेण्डा अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा आदानप्रदान रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अनुसार यो बैठक सहसचिव र सचिवस्तरमा हुन लागेको संयुक्त कार्यदलको बैठक हो । विश्वभर फैलिएको कोभिड १९ को जोखिमका कारण अनलाइनमार्फत हुन लागेको मन्त्रालयले जनाएको छ । उक्त बैठकमा अघिल्ला बैठकहरुमा छलफल भएर  पनि नटुङ्गिएका विषयहरुलाई आसन्न बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ । 
 
सन् २०१४ मा नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा संयुक्त कार्यदल बनाइएको हो । यसअघि सात वटा बैठकहरु सम्पन्न भइसकेका छन् । बैठकमा यसअघि सहमति भएर कार्यान्वयन हुन बाँकी रहेका विषयहमा पनि छलफल हुने मन्त्रालयका स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago