भर्खरै

दुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्यभोटेकोशीका सीईओले दिए राजीनामा

  • प्रकाशित मिति : आईत, मंसिर २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
काठमाडौं । चिनियाँ ठेकेदारसँग दुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफ्लेले राजीनामा दिएका छन् । 
 
ईकागजका अनुसार काफ्लेले केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित दुई करोड रुपियाँ अफर गरेको टेप सार्वजनिक भएको थियो । टेप बाहिरिएसँग उनी राजीनामा दिन बाध्य भएका हुन् । काफ्लेले स्वास्थ्यको कारण देखाउँदै कम्पनीको कार्यालयमा राजीनामा बुझाएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 
टेपअनुसार चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले काफ्लेलाई दुई करोड दिने भनेका छन् । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको चिलिमेको सहायक कम्पनीका रुपमा १० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
 
कर्पोरेट नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago