दुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्यभोटेकोशीका सीईओले दिए राजीनामा

  • प्रकाशित मिति : आईत, मंसिर २१, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
काठमाडौं । चिनियाँ ठेकेदारसँग दुई करोड रुपियाँ अफर गरेको अडियो बाहिरिएपछि मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफ्लेले राजीनामा दिएका छन् । 
 
ईकागजका अनुसार काफ्लेले केही दिनअघि चिनियाँ ठेकेदारका दोभाषे प्रतिनिधि गोविन्द पौडेलसित दुई करोड रुपियाँ अफर गरेको टेप सार्वजनिक भएको थियो । टेप बाहिरिएसँग उनी राजीनामा दिन बाध्य भएका हुन् । काफ्लेले स्वास्थ्यको कारण देखाउँदै कम्पनीको कार्यालयमा राजीनामा बुझाएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । 
टेपअनुसार चिनियाँ सिभिल ठेकेदार कम्पनी ग्वाङ्सीका दोभाषे गोविन्द पौडेलले काफ्लेलाई दुई करोड दिने भनेका छन् । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको चिलिमेको सहायक कम्पनीका रुपमा १० वर्षअघि स्थापित मध्यभोटकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
 
कर्पोरेट नेपाल

प्रतिक्रिया