भर्खरै

करिब दुई हप्तादेखि जुम्लाको खलंगा उज्यालोविहीन , बिजुली माग गर्दै जुम्लावासी आन्दोलनमा उत्रिए

  • प्रकाशित मिति : आईत, मंसिर २१, २०७७
  • - विद्युत संसार संवाददाता
title
जुम्ला, मंसिर । करिब दुई हप्तादेखि जुम्लामा बिजुली नियमित आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । दुई हप्तादेखि उज्यालोविहिन हुँदापनि कसैको चासो नरहेको भन्दै जुम्लावासी आन्दोलित भएको हो । विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरी तत्काल नियमित विद्युत आपूर्तिको माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
 
विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जुम्ला अन्धकार हुँदा पनि कसैको चासो नगएको प्रति आक्रोश पोख्दै आधा महिनादेखि सदरमुकाम खलंगा उज्यालोविहीन रहेको उनले बताए  । बिजुली आपुर्तिका लागि न विद्युत प्राधिकरण जिम्मेवार बनेको छ, नत यहाँका राजनीतिक दलका नेताको चासो नै गएको छ । बिजुली नहुँदा उपभोक्ताको दैनिकीमा समस्या भएको छ । 
समितिले अहिलेकै जेनेरेटरबाट विद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिनाभित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने, टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले यथासिघ्र छानबिन गर्नुपर्ने, छानबिन प्रतिवेदनका आधारमा ठेकेदारलाई कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने लगायतका मागहरु राखेका छन् ।  
जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालय समेतको ध्यानाकर्षण गर्ने संघर्ष समितिले जनाएका छन् । 
सम्बन्धित् निकायलाई ध्यानाकर्षण गराउन दियालो बालेर सडकमा निस्कने, विद्युत तथा सञ्चार सम्बन्धी प्रयोगमा आउने नेपाल टेलिकम, विद्युत प्राधिकरणमा विद्युतीय सामग्री बुझाउने जस्ता कार्यक्रम रहेको अध्यक्ष महतले बताएका छन् ।
यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्रै होइन । हप्ता, महिना हुँदै वर्षदिनसम्म पनि अँध्यारो खेपिरहेका छन्, नागरिक समाजका अध्यक्ष महतले थपे,‘ नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसक्यो । दियालोको भरमा रात काट्छन् । अब तत्काल उज्यालो चाहिन्छ । जसका लागि नेपाल विद्युत प्राधिकरण र सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।  
 
घुघुती विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन् ।
 
२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ ।
 
यस समस्याको जिम्मेवार विद्युत प्राधिकरण नै हो । प्राधिकरणको हदैसम्मको लापर्बाहीले सदरमुकामवासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको छ । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङ्गको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।’ नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ । हामीले यो समाचार नागरिक न्यूजलाई आधार मानेर तयार पारेको हौं । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago