भर्खरै

विद्युत सर्ट भई आगलागी हुँदा १२ लाख बराबरको क्षति

  • प्रकाशित मिति : मंगल, मंसिर २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

सर्लाही, मंसिर । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।
विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।
 
आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
 
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 13 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago