भर्खरै

स्मार्ट प्राधिकरण

  • प्रकाशित मिति : बुध, मंसिर २४, २०७७
  • - विद्युत संसार संवाददाता
title

मंसिर २४ काठमाडौं । कुनै समय लोडसेडिङ्गको उपनामले परिचित प्राधिकरण हाल आफ्नो परिचय नै बदलिएको छ । विगत चार वर्ष देखि लोडसेडिङ्ग भएको छैन । हाल नेपाल विद्युत प्राधिकरणले ग्राहकहरु बीच विभिन्न सेवा र सुविधा ल्याउनमा व्यस्त देखिन्छ । 
शहरी सुन्दरता र गुणस्तरीय विद्युत प्रवाह गर्न काठमाडौका विभिन्न स्थानमा विद्युतीय तार भुमिगत देखि भर्खरै ल्याएको स्मार्ट मिटर सम्म प्राधिकरणको एक उदाहरणीय काम हो ।  
स्मार्ट मिटर जसले तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनु पर्दैन । प्राधिरकणले पाईलट प्रोजेक्टका रुपमा काठमाडौँ उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ । जुन काम बाट प्राधिकरणलाई उपभोक्ताले स्मार्ट प्राधिकरणको उपनाम समेत दिएका छन् । 
हालै प्राधिकरणले ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिसहितको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण ‘स्मार्ट ग्रिड’ प्रणालीको अवधारणामा अग्रसर भएको छ । यो प्राधिकरण अर्को महत्वपुर्ण योजनाको रुपमा लिएको छ । 
डिजिटल विद्युत् प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत् वितरण प्रणालीलाई सुधार र स्तरोन्नति गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो । जुन सह्रानिय छ । 
विद्युत् उत्पादन, प्रसारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युत सम्बन्धी विश्वव्यापी रूपमा अपनाइएका नवीनतम प्रविधि भित्र्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई प्राधिकरणले  अघि बढाएको छ ।
प्राधिकरणले जसरी आफ्नो ग्राहक सेवालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम अगाडी बढाएको छ यो सबै सहज रुपमा कार्यान्वयान हुन आवश्यक छ । साथै देशका सबै प्राधिकरणको सेवा प्रविधिमैत्री र स्मार्ट हुनु आजको आवश्यकता हो । 

प्रतिक्रिया