सोमबार देखि अवरुद्ध अरुण तेस्रोको काम सुचारु, समान ज्याला र जिल्ला दररेट अनुसार तलब दिइने सहमति

  • प्रकाशित मिति : बिही, मंसिर २५, २०७७
  • - विद्युत संसार संवाददाता
title

संखुवासभा, मंसिर । संखुवासभामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम सुचारु भएको छ । कामदार र आयोजना बीचको वार्ता गरी कामदारले समान कामको समान ज्याला र जिल्ला दररेट अनुसार तलब दिने सहमति भएपश्चात् बुधबार दिउँसोबाट आयोजनाक काम सुरु भएको हो ।
 
 समान ज्याला र बिना कारण मजदुरहलाई कामबाट निकाल्ने काम बन्द गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेर कामदारले सोमबारबाट आयोजनाको काम अवरुद्ध पारेका थिए । मागहरु पुरा न भएको भन्दै आयोनाको ड्यामसाइड निर्माणस्थल मकालु–५ का कामदार आन्दोलित भएका थिए ।  
 
कामदारले समान कामको समान ज्याला र जिल्ला दररेट अनुसार तलब नपाएको गुनासो गर्दै पटकपटक पारिश्रमिक बढाउनु पर्ने माग कामदारको रहेको थियो । 
छलफलमा स्थानीय जनप्रतिनिधि, प्रशासन, निर्माण कम्पनी र मजदुरबीच बसेको छलफलले जिल्लामा चलेको दरअनुसार तलबभत्ता दिने सहमतिपछि बुधबारबाट आयोजनाको काम सुरु भएको आयोजनाले जनाएको छ । 
 
सहमतिमा ८ घण्टामाथि काम गर्नेलाई १ दशमलश ५ प्रतिशतले ओभरटाइम दिने, जुनसुकै कामदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाईको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने समझदारी भएको छ । 
 
त्यसैगरी महिनाको अन्त्यमा तलबभत्ता बैंक खातामा जम्मा गर्ने लगायत बुदाँमा सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । कामदारको समयमा पारिश्रममिक नदिएको र काम अनुसारको तलब भत्ता नदिएको गुनासो राख्दै आएका दिए ।
 
संखुवासभा जिल्ला दररेट अनुसारःदक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनु पर्ने व्यवस्था निर्धारण गरेको छ । श्रमिकले ८ घण्टाको डियूटी गर्ने भनि नियुक्ति दिए पनि दैनिक १२ घण्टासम्म काम लाएको गुनासो गरेका छन् । काम बढी लगाए पनि पारिश्रमिक भने सम्झौता अनुसारको मात्र दिएको उनीहरुको गुनासो रहेको छ । काम अनुसारको तलबको माग गर्दा धेरै कामदारले कामबाट समेत निस्कासित हुन परेको थियो । अरुण तेस्रो सुरुङमार्ग निर्माण लगायतका ड्यामसाइडको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले काम गरिएको छ ।
 
साप्ताहिक, पाक्षिक र मासिक रुपमा पाउने बिदा दिने, बिरामी बिदा दिने र बिना कारण मजदुरहलाई कामबाट निस्कासन गर्न नहुने माग राख्दै मजदुर आन्दोलित भएको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताए । 
 
कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ । अरुण तेस्रो जलविद्युतको निर्माणको काम भारतीय सतलज जलविद्युत निगम (एसजेभिएन)ले गरिरहेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण हुनेछ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुणतेस्रो बाँधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ्ग पुखुवामा पावरहाउस निर्माण कार्य भइरहेको छ । पावरहाउस पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ ।
त्यस्तै स्थानीय र आयोजना बीच पनि सम्झौता भएको छ । आयोजना विकास सम्झौता (डीपीए) अनुसार आयोजनाको काम नहुँदा स्थानीय पनि सन्तुष्ट छैनन् । अरुण तेस्रो आयोजनमा ७ हजार नेपाली कामदरलाई रोजगारी दिने उल्लेख छ । तर अहिले आयोजनामा नेपाली कामदार थोरैमात्र रहेका छन् । 
 
स्थानीयससँग भएको छलफमा स्थानीयलाई आयोजनाको काममा प्राथमिकता दिने सहमति भएको छलफमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणिा घिमिरेले जानकारी दिए । स्थानीय पालिकामा भएका दक्ष, अध्यक्ष कामदारको विवरण पठाई आयोजना मकालु गाउँपालिका विच स्थानीय कामर लगाउने विषयमा समन्वय गर्ने सहमति गर्ने प्रतिवद्धता भएको छ । 
 

प्रतिक्रिया