भर्खरै

सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्छ : पूर्वआयुक्त बास्कोटा

  • प्रकाशित मिति : बिही, मंसिर २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
नेपालगञ्ज, मंसिर । पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरोकारवाला निकायमा सूचना नमाग्दा पनि भ्रष्टाचार बढ्ने बताएका छन् । 
बुधबार भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय बागेश्वरी असल शासन क्लव बासले बाँकेको नेपालगञ्जमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको सम्मेलन तथा २० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै बास्कोटाले भ्रष्टाचार निवारणका लागि सार्वजनिक निकायमा बसेका व्यक्ति र नागरिक सबैको भूमिका उक्तिकै हुने बताएका हुन् ।
 
 
उनले विभिन्न अध्ययन प्रतिवेदनअनुसार भ्रष्टाचारविरुद्धको आन्दोलन अझै शसक्त बनाउनुपर्ने आवश्यकता देखिएको बताए । उच्च पद र ओहदामा बसेका व्यक्तिले लोभ लालच र अहँकार त्याग्न सके लोकप्रियता हासिल गर्न सकिने बताउँदै उनले सार्वजनिक ओहदाका व्यक्तिलाई जिम्मेवार बनाउन नागरिक तहबाट घच्घच्याइरहन आवश्यक रहेकोे उनले बताए । 
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले भ्रष्टाचार अन्त्य गर्न सर्वप्रथम आफैँ प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । हरेक व्यक्तिले आफूले कुनै किसिमको अनियमितता नगर्ने प्रतिवद्धता व्यवहारमा देखाउन सके भ्रष्टाचार न्युनिकरण हुनेमा कुनै शंका नरहेको बताए ।
बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाले २० वर्षको अवधिमा बासले देशैभर सूचना माग्ने प्रवृतिको विकास गर्दै अनियमितता हुन नदिन अभियानको नेतृत्व गरेको बताउनुभयो । २० औँ वर्षको अनुभवले बासले आगामी दिनमा अझै सक्रियतापूर्वक भ्रष्टाचार निवारण र सुशासनको प्रबद्धनका लागि काम गर्ने प्रतिबद्धता जनाए । 
बासका सल्लाहकार रुद्र तिमिल्सेनाले बासले देशैभरका युवाहरुलाई गोलबद्ध गरेर भ्रष्टाचार न्युनीकरणका लागि भूमिका खेलेको बताए । युवाक्षेत्रको सक्रियताले भ्रष्टाचारयुक्त क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउन सकिने उनको भनाई थियो ।
 
 
बासले आफ्नो २० औँ वार्षिकउत्सव समारोहका अवसरमा बाँके नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई सम्मान गरेको छ । मेयर राणाले निर्वाचित भएसँगै आफूले पाउने पारिश्रमिक विपन्न परिवारका लागि खर्च गर्ने गरेको तथा नगरमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेर अन्य क्षेत्रका जनप्रतिनिधिलाई पनि उदाहरण बन्न प्रोत्साहन दिएकोले सम्मान गरेको बास केन्द्रीय समितिले जनाएको छ ।
 
सम्मानपछि बोल्दै मेयर राणाले सार्वजनिक पद र ओहदामा रहेका व्यक्तिले कानुन आफूखुसी मिचेको भन्दै उनले जनप्रतिनिधि र नागरिक सजग भए गलत काम रोक्न सम्भव रहेको बताए 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago