भर्खरै

सडक बत्ती जडान गर्न कामपा, सडक विभाग र नेविप्रा बीच सहमति

  • प्रकाशित मिति : बिही, मंसिर २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २५ मंसिर । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा आधुनिक सडक बत्ती जडान गर्न कामपा,सडक विभाग र नेविप्रा बीच सहमति भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ग र कामपाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा आज सहमति भएको हो । 
 
सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने भएको हो । लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेविप्राको ४० प्रतिशत रहने सहमति पत्रमा उल्लेख गरिएको छ ।
 
जनघनत्व र सवारी चाप उच्च रहेकोले यातायात व्यवस्थापनका तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई  चुस्त दुरुस्त बनाउँन आधुनिक सडक बत्ती जडान गर्न सहमति भएको प्राधिकरणको स्रोतले जनाएको छ । 
सहमति पत्रमा भनिएको छ “सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने ।”
प्राधिकरणका अनुसार सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य रहेको जनाउँदै यसै उद्धेश्य प्राप्त गर्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न कामपाभित्रको मूख्य सडकहरुमा सडक बत्ती जडान गर्नु आवश्यक रहेको छ । 
 
सडकहरुमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्यलाई यथाशिघ्र रुपमा अघि बढाइने र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै सहमति भएको छ । आज भएको सहमतिपत्रमा हस्ताक्षर कामपाबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेविप्राबाट का.मु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।  
 
काठमाडौं महानगरपालिका, सडक विभाग र नेपाल विद्युत प्राधिकरण बीच भएको सहमति निम्नानुसार रहेको छ :
१. काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मूख्य मूख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेविप्राको ४० प्रतिशत रहने । 
 
२. यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने । यस आयोजनाको निर्माण कार्य पश्चात्ः मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने । 
 
३. सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने । 
 
४. सडक बत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको समन्वयलाई निरन्तरता दिने । सोही संयन्त्रले सडक बत्तीहरुको सम्भाव्य विस्तार स्थलहरुको पहिचान अध्ययन गरी ४५ दिन भित्र प्रतिवेदन पेश गर्ने । 
 
५. नयाँ सडक बत्तीहरुको जडान पश्चात् जगेडा हुने सोलार प्यानल लगायत सामानहरुको जगेर्ना गर्दै पुर्नप्रयोगको व्यवस्था मिलाउने ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago