भर्खरै

विभाजित नेपाली समुदायलाई जोड्ने रसायन परिवार दलले अङ्गीकार गरेको अग्रपंथी लोकतन्त्र ः अध्यक्ष ढकाल

  • प्रकाशित मिति : आईत, मंसिर २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
काभ्रे । नेपाल परिवार दलका अध्यक्ष तथा पूवमन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभएको बताएका छन् । 
शुक्रबार नेपाल परिवार दल काभ्रे जिल्ला समितिले बनेपामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउँदै वर्तमान संविधानको परिधि भित्रै बाट समुन्नत नेपाल निर्माण सम्भब भएको बताए ।  
अध्यक्ष ढकालले नेपालमा अब  पुरानो र नयाँ विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नयाँँ विचारले नै विजय हासिल गर्ने भदै  राष्ट्रको तीव्र विकास गर्न नयाँ नेतृत्वको आवस्यकता रहेको पनि बताए । 
अध्यक्ष ढकालले वैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन नेपाल परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र“ हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भविष्यमा सुशासन र विकास पाउने बताए । सो भेटघाट  कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, काशिनाथ खनाल, लक्ष्मी भण्डारी, नबिन बजगाईं, सुनिल खड्का लगायतको नेताहरु सहभागि थिए ।   कार्यक्रमको संयोजन नेपाल परिवार दल काभ्रेका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए । सो अवसरमा दलका काभ्रे अध्यक्ष रायमाझीले जिल्लाका दलका गतिविधिको बारेमा जानकारी गराएका थिए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago