भर्खरै

रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति गठन

  • प्रकाशित मिति : मंगल, मंसिर ३०, २०७७
  • - रासस
title

मंसिर ३० काठमाडौं । प्रदेश नं १ स्तरीय ‘रेल्वे प्रभावित समन्वय तथा मुआब्जा समिति’ गठन गरिएको छ । पालिकाहरुले चलनचल्तीको जग्गाको मूल्य रेल विभागलाई पठाउन ढिलासुस्ती गरेपछि प्रदेशभित्रका रेल्वे प्रभावितहरुले खबरदारी गर्न समिति गठन गरेका हुन् ।
रेल विभागले पत्रचार गरी स्थानीयपालिका र वडा कार्यालयलाई चलनचल्तीको जग्गाको मूल्य पठाउन एक महिनाअघि आग्रह गरेको थियो । पालिकाले हालसम्म विभागलाई मूल्य नपठाएको जनाउँदै मोरङको लक्ष्मीमार्गमा सोमबार आयोजित भेलाले झापा विर्तामोडका डा लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन गरिएको थियो । 
 
नवगठित समितिको सहसंयोजकमा रमेश दाहाल (मोरङ) र सुशील शाह (सुनसरी), महासचिव रञ्जित प्रसाईं (झापा), सचिव माधवप्रसाद कोइराला (मोरङ) र सहसचिवमा कृष्णदेव मेहेता (सुनसरी) सहित ७५ सदस्यीय रहेका छन् ।
समितिले मङ्सिरको पहिलो सातादेखि नै अघि बढाइने भनेको मुआव्जा वितरणको प्रक्रिया शुरु गर्न स्थानीय पालिकालाई दबाब दिने, रेल्वे निर्माणमा सहयोग गर्ने उद्देश्य लिएको छ । 
 
गत जेठ २४ गते मुआव्जा सम्बन्धी ३५ दिने सूचना जारी गरे पनि  विभागले हालसम्म प्राविधिक समस्या, क्षेत्र निर्धारण, कित्ता नम्बर र क्षेत्रफलको समस्या समाधान गर्न नसकेको बताइएको छ ।  अध्यक्ष डा मैनालीले रेल विभागले प्रभावितलाई ढाट्ने मात्र काम नगर्न आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago