भर्खरै

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न

  • प्रकाशित मिति : बुध, पौष १, २०७७
  • - रासस
title
राँझा, पुस । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ ।
 
मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए ।
 
उनका अनुसार सिक्टा सिँचाइ आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने प्रस्तावित गुरुयोजनाअनुसार पहिलो चरणको कार्य मूल नहर निर्माण सम्पन्न भएको छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत र समयावधि बढाउने तयारी थालिएको छ । यसअघि २०७६र७७ मा सम्पन्न भई कूल रु २५ अर्ब दुई करोड खर्च लाग्ने अनुमान गरिएकामा प्रस्तावित दोस्रो संशोधनअनुसार रु ३९ अर्ब लागत र २०८५र८६ मा सम्पन्न गर्ने अनुमान गरिएको निर्देशक थापाको भनाइ छ ।
 
आयोजनाले पश्चिमी मूल नहर र पू्र्वी नहर निर्माण सम्पन्न भएसँगै पानी सञ्चालन गरेपछि किसानको खेतमा राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ । नहरको पानी खेतबारीमा पुगेपछि यो वर्ष समयमै धान रोपाइँ र गहँुखेती गर्न पाएका छन् ।
 
आयोजनाका निर्देशक थापाले पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए । उहाँका अनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो । 
 
“हामीले गत वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतबारीसम्म पानी पुर्याउने काम भइरहेको छ”, आयोजना निर्देशक थापाले भने, “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।” आठ वर्षमा सकिने लक्ष्यसहित आर्थिक वर्ष २०६३ बाट शुरु भएको आयोजनाको आव २०७१र७२ को संशोधित गुरुयोजनाअनुसार २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो तर आयोजना शुरु गर्दा पश्चिम नहर मात्र निर्माण गर्ने गरी क्षेत्र तोकिएकामा पछि आएर पूर्वी नहर थप हुनु, सामाजिक सरोकारका काम, नदी संरक्षणका कामलगायत थप संरचना निर्माण गर्नुपर्ने भएपछि गुरुयोजना संशोधन गरी लागत र समयावधि बढाउनुपर्ने अवस्था आएको निर्देशक थापाले बताए ।
 
सिक्टा सिँचाइ आयोजना शुरु भएदेखि हालसम्म करिब ६४ प्रतिशत प्रगति भएको छ भने रु १६ अर्ब खर्च भइसकेको छ । आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago