भर्खरै

चिसोमा जोगिन नगरौ गल्ती, हुनसक्छ मानवीय क्षति

  • प्रकाशित मिति : बुध, पौष १, २०७७
  • - विद्युत संसार
title

पुस १ काठमाडौं । अरु समय भन्दा हिउँदको समयमा देशभर विद्युतको माग बढी हुने गर्दछ । यसको एकै अर्थ भनेको हिउँदको मौसममा चिसोबाट जोगिन घरकोठा तातो पर्ने गरिन्छ । जाडो मौसममा ग्यास हिटर, विद्युतीय हिटर, कोइला लगायत प्रयोग बढी हुने गर्दछ । जसकारण विद्युतको माग पनि चिसो मौसममा उच्च हुने गर्दछ । 
 
जसरी यस्ता सामग्रीहरुको प्रयोग बढ्दै आएको छ त्यस अनुरुप नै विद्युतीय दुर्घटना हँुदै आएको छ ।  
राति हिटर र कोइला लगायत वस्तु बालेर सुतेका कारण विभिन्न खालका मानवीय क्षति समेत वर्षेनी बढ्दै गएको छ । 
बढेको चिसो मौसमले इन्फ्लुयन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढ्ने गर्दछ । एकसरो लुगासमेत राम्रोसँग लगाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी, बालबालिका र महिला वर्गका लागि चिसो अभिषाप बन्दछ ।
जाडोमा तातोको सहारा लिनका लागि प्रयोग गरिने धूम्रपान, मद्यपान, आगो ताप्नका लागि बालिने बिजुली (हिटर), कोइला, दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सँुघ्न र महसुस गर्न सकिँदैन, जसले अदृश्य मानवीय क्षति भइरहेको छ । ग्यास गिजरमा पानी तातिरहँदा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ ।
त्यसैले तातो हुन खोज्दा आफुले धेरै सावधानी अपनाएर कोठामा हावाको प्रवाह हुने गरी खुला राख्नुपर्छ ।
 
रोकथाम
चिसो मौसममा हामी जोकोहीले पनि चिसोबाट बच्च घरकोठा न्यानो राख्न प्रयोग गरिने विभिन्न प्रकारका सामग्रीहरु  प्रयोगमा ल्याउछौ । ति समग्रीहरु धेरै सावधानी अपनाएर मात्र प्रयोगमा ल्याउनुपर्दछ । सुत्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य उपकरण बाल्दा त्यसको नजिकै पानी र बच्चा बच्चीको पहुँचभन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर, गाडी वा धुवाँ फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । 
 
दाउरा, गुइँठा वा अन्य सामग्री बाली कोठा तताउँदा, न्यानो पार्दा सधैँ झ्याल ढोका खुला राख्न बिर्सनु हँुदैन । कोठामा हावा उचित प्रवाह हुने व्यवस्था मिलाउनु पर्छ । ग्यास गिजर बाथरुम बाहिर राख्नुपर्छ । तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ । भेन्टिलेसन ठूला र खुला हुनुपर्छ । 
यस्तो अवस्थामा टाउको दुख्ने तथा उल्टी होलाजस्तो हुनासाथ झ्यालढोका खोलिहाल्नु पर्छ । लक्षण देखिएको अनुभूति हुनासाथ तुरुन्त ताजा हावामा निस्केर सास फेर्नुपर्छ । स्टोभ, ओभन, हिटरजस्ता उपकरण बन्द गरेर घरबाहिर निस्कनुपर्छ । लक्षण वा बेहोसी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ ।
 
जाडोमा गिजरको प्रयोग गर्दैहुनुहुन्छ, यी कुरामा विचार पुर्याउनुहोस् 

प्रयोग गर्ने तरिका
१. गिजर भएको ठाँउमा खुुल्ला हावा आउने गरी झ्याल खुल्ला गर्नु पर्छ । झ्यालाई बन्द गर्नु हुदैन ।
. कुनैपनि गिजर एकपटक चेक गरेरमात्र प्रयोग गर्नु पर्दछ । 
३. गिजर निरन्तर प्रयोग गर्नु हँुदैन । एक पटक प्रयोग गर्ने पानी प्रयोग गर्नु भन्दाअघि नै पानी तातो बनाएर प्रयोग गर्नु उचित हुन्छ । किनकी निरन्तर प्रयोग गर्दा पहिला गिजर तातो अवस्थामा हुने र पुन प्रयोग गर्दा तातोको मात्र बढ्ने हुँदा समस्या आउँछ । यस्तो अवस्था नआउन एकले प्रयोग गरेको केही समय पछिमात्र अर्कोले प्रयोग गर्दा सुरक्षित हुन्छ ।
४. गिजर प्रयोग गर्दा हावा आवात जावातमा सहज हुनुपर्छ । त्यस्तो नभएमा गिजर प्रयोग गर्दा अक्सिजनको कमि हुने र मानिसहरु बेहोस हुने र मानिसको मुत्यु समेत हुन सक्ने हुन्छ । त्यसैले गिजर प्रयोग गर्दा हावा आवात जावात हुने गरी प्रयोग गर्नुपर्छ ।
५. इलेक्ट्रिक गिजर हो भनी एक लिटर इस्ट्राण्ड देखि लिएर २५ लिटर सम्मका गिजरहरु बजारमा पाइन्छ । यस्ता गिजर प्रयोग गर्दा निरन्तर प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा मुख्य हावा आवातजावातको अवस्थालाई हेर्ने गर्नुपर्छ ।
६. राम्रो गिजर वा वाटर हिटरले २५ लिटर पानीलाई केही मिनेटमै पानी तताउने पानी तातेपछि गिजर बन्द गरेर पनि प्रयोग गर्ने सकिन्छ ।
 
ऊर्जाको खपत
नयाँ ट्यांकलेस वाटर गिजरले बिजुलीको कम खपत गर्छ । जबकी आधुनिक  वाटर हिटरमा पानी स्टोर हुने गर्छ । यसले बिजुली खपत अत्याधिक हुने गर्छ । त्यसैले ट्यांकलेस गिजर, आधुनिक गिजरको तुलनामा केही मंहगो भने हुने गर्छ । त्यसैले आफ्नो सुविधा अनुसार यसको खपत गर्न सक्नुहुन्छ ।
 
गिजर राख्ने ठाउँ
आधुनिक गिजर निकै ठूलो र भारी हुने गर्छ । यस्तो गिजरले ठाउँ पनि बढी ओगेट्ने गर्छ । त्यस्तै, अर्को ट्याकलेस गिजर कम्प्याक्ट साइजमा आउने गर्छ । जसकारण यसले ठाउँ पनि कम लिने गर्छ ।
 
सबै भन्दा बढी टिकाउ
ट्याक्लेस गिजर ट्यइस भएको गिजरभन्दा लामो समयसम्म चल्ने गर्छ । किनकी गिजरको ट्याइस छोटो समयमै बिग्रने सम्भावना हुन्छ । ट्याक्कलेस वाटर हिटर २० वर्षसम्म पनि चल्ने गर्छ ।
 
ग्यास की विद्युतीय ?
गिजर दुई प्रकारका हुन्छन, एउटा ग्यास र अर्को विद्युतिय । ग्यास गिजरमा ग्यासको साहाराले पानी तताउन सकिन्छ भने विद्युतीयमा विद्युतको प्रयोग हुन्छ । तर, पछिल्लो समय लोडसेडिङ नहुने भएकाले विद्युतीय गिजर बढी उपयोगी हुन सक्छ । यस्तो गिजर तुलनात्मक रुपमा सुपथ र सुरक्षित हुन्छ । ग्यास गिजर पानी त छिटो तताउँछ तर, राख्नको लागि ठूलो एरिया जरुरी हुन्छ ।

प्रतिक्रिया