भर्खरै

नगरप्रमुखको उदाहरणीय काम नगरवासीलाई निःशुल्क बिजुली, नगरवासीमा छायो खुसी

  • प्रकाशित मिति : बिही, पौष २, २०७७
  • - Admin
title
काठमाडौं १ पुस । रौतहटको फतुवा विजयपुर नगरपालिकाले नगरवासीको बिजुलीको महसुल तिरिदिएको छ । जिल्लाको पश्चिमी भेगस्थित रहेको फतुवा विजयपुर नगरपालिकाले नगरभरका आठ हजार छ सय घरधुरीको ३९ लाख रुपियाँ विद्युत महसुल तिरिदिएको हो ।
 
 नगरप्रमुख गोपालप्रसाद यादवले बुधबार नगरवासीको तीन महिनाको विद्युत महसुल बुझाउनु भएको हो । गत असोज १ गतेदेखि बुधबारसम्मको जम्मा तीन महिनाको गरी उक्त बिजुली महसुल नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्ति साहलाई बुझाएको नगरप्रमुख गोपाल यादवले बताए ।
 
 नगरपालिकाले २०७७ असोजदेखि नै नगरवासीका लागि बिजुली महसुल  निःशुल्क गरेको छ रौतहट जिल्लामै पहिलो पटक फतुवा विजयपुर  नगरपालिकाले आफ्ना नगरवासीको बिजुली महसुल निःशुल्क गरेको हो गत असोजमा सम्पन्न भएको नगरसभाबाट नै फतुवा विजयपुर नगरपालिकाले २०७७ असोज १ गतेदेखि  नगरभित्रका सबैको बिजुली महसुल तिरिदिने योजना ल्याएको थियोे सोही योजना अनुसार सबै घरधुरीको बिजुली महसुल तिरिदिएको नगरप्रमुख यादवले बताए ।
 
 पैसाको अभावमा गरिब परिवारलाई बिजुलीको महसुल बुझाउन निकै समस्या हुँदै आएकाले आफूले नगरवासीका लागि बिजुली बत्ती निःशुल्क गरेको उनले बताए पदमा आफू रहुन्जेलसम्म नगरका कसैले पनि  बिजुली बिल बुझाउनु नपर्ने र नगरपालिकाले तिर्ने उनले बताए । 
अबको प्रत्येक महिनाको अन्तिम हप्ता बिजुली महसुल बुझाइदिने प्रमुख यादवको योजना छ । नगरपालिकाले जनताको  बिजुली बिल निःशुल्क गरेपछि फतुवा विजयपुर नगरवासी निकै खुसी भएका छन । आजको गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago