भर्खरै

उपत्यकामा लागु भएको जोरबिजोर हट्यो, सडकमा सवारीको चाप बढ्यो

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ३ पुस ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली आजबाट हटेको छ। प्रशासनले जोरबिजोर हटेको सुचना निकाल्दै जोरबिजोर प्रणली हटेको सार्वजनिक गरिसकेको छ।
 
असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए। यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको हो ।
 
लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो। जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको छ । 
 
सवारीमा जोरबिजोर हटेपछि उपत्यकाभित्र सवारीको चाप बढ्ने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङक अनुसार काठमाडौं उपत्यकामा दैनिक ११ लाख भन्दा बढी  निजी तथा सार्वजनिक सवारी साधन गुड्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago