उपत्यकामा लागु भएको जोरबिजोर हट्यो, सडकमा सवारीको चाप बढ्यो

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ३ पुस ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली आजबाट हटेको छ। प्रशासनले जोरबिजोर हटेको सुचना निकाल्दै जोरबिजोर प्रणली हटेको सार्वजनिक गरिसकेको छ।
 
असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए। यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको हो ।
 
लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो। जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको छ । 
 
सवारीमा जोरबिजोर हटेपछि उपत्यकाभित्र सवारीको चाप बढ्ने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङक अनुसार काठमाडौं उपत्यकामा दैनिक ११ लाख भन्दा बढी  निजी तथा सार्वजनिक सवारी साधन गुड्ने गरेका छन्।

प्रतिक्रिया