अत्यधिक विद्युतीय प्रवाह भई आगलागी, एकको मृत्यु

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - रासस
title

सप्तरी, पुस । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको आज बिहान आगलागीमा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा त्यहाँ सुतिरहेका यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
 
नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट रु एक लाख मूल्य बराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताए ।

प्रतिक्रिया