भर्खरै

जाडो छल्न आगो बाल्दा जल्यो घर, एक जनाको मृत्यु

  • प्रकाशित मिति : आईत, पौष ५, २०७७
  • - विद्युत संसार
title

पुस, ५  विराटनगर । विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माको घरमा चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
 
 करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएका छन् ।
 
घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
 
 
राति बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago